Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

गाउँपालिकाको सहकार्यमा लिसंंखुपाखरमा विद्यार्थीलाई १५ दिने व्यक्तित्व विकास र अभिनय तालिम


ग्लोबल पाना
शुक्रबार, जेठ ४ २०८१
  • 722
    SHARES

  • images
    गाउँपालिकाको सहकार्यमा लिसंंखुपाखरमा विद्यार्थीलाई १५ दिने व्यक्तित्व विकास र अभिनय तालिम

    काठमाडौं । सिन्धुपाल्चोकको लिसंखुपाखर–७ मा १० कक्षा मुनिका विद्यार्थी लक्षित व्यक्तित्व विकास र अभिनयसम्बन्धि १५ दिने तालिम (कार्यशाला) सञ्चालन गरिएको छ। शताब्दी र लिसंंखुपाखर गाउँपालिकाको सहकार्यमा आयोजित उक्त कार्यशालाले बालबालिकाको व्यक्तित्व विकास र क्षमता अभिवृद्धि गर्ने गाउँपालिकाको अध्यक्ष राजु लामाले बताए ।

    images
    images
    images

    उनका अनुसार गाउँपालिकाका बालबालिकाको व्यक्तित्व विकास र कलात्मक क्षमता अभिवृद्धि गर्न शताब्दी नामक संस्थासँगको सहकार्यमा उक्त कार्यशालाको आयोजना गरिएको हो । कार्यशालामा ककलिङ हरिसिद्धि माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा छ देखि आठसम्मका अध्ययनरत २० जना विद्यार्थी सहभागी छन्।

    जेठ २ गतेदेखि सुरु भएको कार्यशाला १५ दिनसम्म चल्ने शताब्दीका अध्यक्ष तथा नाट्यकर्मी शंकर भण्डारीले बताए । भण्डारीका अनुसार विशेषत् बालबालिकालाई अभिनयतर्फ आकर्षित गराउन कार्यशाला सञ्चालन गरिएको हो।

    कार्यशाला सकिएपछि बालबालिकामार्फत दुई नाटक मञ्चन गर्ने आयोजकको तयारी छ। कार्यशालामा नाट्यकर्मी शंकरसहित शताब्दी टिमले प्रशिक्षण दिइरहेको छ।

    कार्यशालाको लागि शताब्दी र लिशंखुपाखर गाउँपालिकाले सहकार्य गरेको हो। यो कार्यशाला समापन पछि गाउँपालिका भरी यस्तै अन्य कार्यशालाको आयोजना गरिने गाउँपालिका अध्यक्ष लामाले जानकारी दिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ