Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

उत्कृष्ट विद्यार्थीहरूको रोजाइ बन्दै: प्यासिफिक हस्पिटालिटी


ग्लोबल पाना
शुक्रबार, जेठ ४ २०८१
  • 405
    SHARES

  • images
    उत्कृष्ट विद्यार्थीहरूको रोजाइ बन्दै:  प्यासिफिक हस्पिटालिटी

    काठमाडौं । प्यासिफिक हस्पिटालिटी एण्ड कुलिनरी एकेडेमी अष्ट्रेलियन गुणस्तरको पाककला प्रPशिक्षणको अग्रणी संस्था हो। जुन विद्यार्थीहरूको रोजाइमा पर्न सफल रहदै आएको छ ।

    images
    images
    images

    युवाहरूलाई पाककला तथा हस्पिटालिटी सम्बन्धि तालिम दिएर रोजगारी दिन सफल प्यासिफिक हस्पिटालिटी एण्ड कुलिनरी एकेडेमीले हस्पिटालिटी कुलनरी आर्ट्स अर्थात पाककला अन्तर्गत अन्तर्राष्ट्रिय स्तरका कक्षा तथा तालिमहरू सञ्चालन गर्दै आएको छ।

    १२ कक्षा पास भएका तथा तीस वर्ष भन्दा कम उमेर समुहका व्यक्तिहरुलाई लक्षित गर्दै नेपालमा नै पाककला तथा हस्पिटालिटी बिषय अध्यन गर्न चाहना राख्ने विद्यार्थीहरुलाई लक्षित गर्दै एक वर्षे पाठ्यक्रम बनाइएको एकेडेमीका प्रबन्ध निर्देशक सुशील थापाले जानकारी दिनुभयो ।

    ‘किचन स्किल र कुकिङ, बारिस्टा, बेकरी, हाउस किपीङ, फ्रण्ट अफिस, फुड एण्ड वेभरेज सर्भिस, हस्पिटालिटी म्यानेजमेन्टको कोर्षमा दक्ष जनशक्ति उत्पादन गर्दै गुणस्तरीय अध्यापन सेवा स्वदेशमै उपलब्ध गराउने हाम्रो लक्ष्य हो र विगत आठ वर्षदेखी अनवरत रुपमा हामीले सेवा दिएका छौ" थापाले भन्नुभयो ।

    ‘सिटिईभिटिईबाट मान्यता प्राप्त तथा अस्ट्रेलियन सरकारबाट सर्टिफाइड भएकोले हाम्रा विद्यार्थी स्वदेश तथा बिदेशमा रोजगारीको लागि योग्य हुन्छन् ’ उहाँले थप प्रष्ट पार्नुभयो । यस एकेडेमीबाट अध्यन गरेका विद्यार्थीहरु मध्ये हाल सम्म ५ सय भन्दा बढी स्वदेश तथा बिदेशका तारे होटलमा रोजगार भएको र ४ सय भन्दा बढी अस्ट्रेलियामा रोजगार प्राप्त गर्न सफल रहेको पनि एकेडेमीका प्रवन्ध निर्देशक सुशील थापाले जानकारी दिनुभयो ।

    "हाम्रो एकेडेमीमा पढेकाहरुले यहि बस्न चाहे नाम चलेका होटलमा प्लेसमेन्टको व्यवस्था गरेका छौ । बाहिर जान चाहनेहरुको लागि पनि प्लेसमेन्ट खोजिदिने छौ" उहाँले बताउनुभयो । बढ्दै गएको बिदेश पलायनको समस्या निराकरण गर्ने र नेपालको पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उदेश्यले अस्ट्रेलियन स्ट्यान्डर्डको होटल तथा हस्पिटालिटी सीप एकेडेमीले उपलब्ध गराएको थापाको भनाई छ ।

    एक वर्षे कोर्स अन्तर्गत ६ महिना सैद्धान्तिक र प्रयोगात्मक ज्ञान दिइने पनि उहाँले उल्लेख गर्नुभयो । “बाकी ६ महिना नाम चलेका होटलमा इडस्ट्रीयल प्राक्टिस गराइन्छ" उहाँले जानकारी गराउनुभयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ