Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

मुटुरोग विशेषज्ञ डाक्टर स्मृति शाक्यको गायनमा माया नै माया (भिडियाे सहित)


ग्लोबल पाना
शुक्रबार, जेठ ४ २०८१
  • 257
    SHARES

  • images
    मुटुरोग विशेषज्ञ डाक्टर स्मृति शाक्यको गायनमा माया नै माया (भिडियाे सहित)

    काठमाडौं । मनमोहन कार्डियोलोजि सेन्टर त्रिविवि टिचिङ अस्पतालमा कार्डियोलोजिष्टको रुपमा कार्यरत मुटुरोग विशेषज्ञ डाक्टर स्मृति शाक्यको गायन रहेको विलकुलै नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। शुक्रवार डाक्टर शाक्यको गायन रहेका मैले माया लाएको धोका दिन होइन बोलको नयाँ गीत सार्वजनिक भएको हो ।

    images
    images
    images

    बागमती प्रदेशका पूर्वमन्त्री तथा सांसद समेत रहेका बौद्धिक राजनीतिज्ञ डाक्टर अजयक्रान्ति शाक्यको शव्द रचना तथा संगीत रहेको उक्त गीतको भिडियोमा युवा पुस्ताका ढुकढुकी नै बनेका नायक आकाश श्रेष्ठ र नायिका करुणा श्रेष्ठको बुलन्द अभिनय रहेको छ। साथमा गायिका डाक्टर शाक्यको समेत मनछुने गायनको साथमा अभिनय छ ।

    निर्देशन नेपाली चलचित्र उद्योगका युगिन निर्देशक देवकुमार श्रेष्ठले गरेका हुन् । डाक्टर शाक्यको सानैदेखिको रहरको विषय भनेको गायन हो । लामो समय डाक्टरी अध्यन तथा प्राक्टिसमा व्यतित भएको कारण सानैदेखिएको रहर र चाहनाको विषयमा समय दिन नसकेकी डाक्टर शाक्यको गायनमा भने हालै तीनवटा गीत रेकर्ड भएको छ।

    त्यस मध्येको गीत मैले माया लाएको धोका दिन होइन, मैले प्रीति गाँसेको दुःख दिन होइन बोलको मनछुने गीतको म्युजिक भिडियोको निर्माण भएर सार्वजनिक भएको हो। मुटुरोग विशेषज्ञ डाक्टर शाक्य आफै पनि फिचरिङ भएको गीतको भिडियोमा अभिनय गर्न पाउंदा व्यापक कौतुहलता र उत्सुकता लागेको डा. शाक्यले बताईन ।

    यस्तै विशेषज्ञ डाक्टरले गाएको एउटा मन्त्रमुग्ध गीत संगीतमा अभिनय गर्दा आफू पनि खशी भएको र उहाँहरुको टीमसँग काम गर्न पाउँदा गौरबता लागेको नायक आकाश श्रेष्ठले बताएका छन्। नायिका करुणा श्रेष्ठले भने, गायिका डाक्टर शाक्यको गीतवाटै ज्यादै आकर्षित भएको अनि संगै अभिनय गर्न पाउंदा डाक्टर शाक्यको शालिनतावाट प्रभावित बनेकी बताइन् ।

    निर्देशक देव कुमार श्रेष्ठको भनाईमा डाक्टर शाक्य डाक्टरी पेशामा जसरी अग्रपंक्तीमा रहेकी छन्, त्यसरी नै गायन तथा अभिनयमा पनि अग्रता छ। रुचिको विषय गर्न आफूलाई कुनै समय नै नचाहिने र फुर्सद हुनासाथ गरिहाल्ने भएको कारण धेरै समय पश्चात तीनवटा गीत गाएर प्रकाशमा ल्याउंदा हजारौ हजारको तारिफ आउँदा अझ प्रेरणा मिलेको पनि डाक्टर शाक्यले खुशी प्रकट गरेकी छन्।

    पहिलो गीतको कभर सङ मात्र बनाएर हिट भैसकेका अवस्थामा दोस्रो गीत फिल्मी स्टाइलमा नायक–नायिकाका साथमा आफैले गाएर अभिनय गर्न पाउंदा ज्यादै रमाइलो भएको भनेकी छन्। डा. शाक्यले नायक आकाश श्रेष्ठ र नायिका करुणा श्रेष्ठको अभिनयले पनि आफू प्रभावित भएको बताईन् ।

    यस अघि अरुणा लामा र रुद्रमणिको गायन तथा अम्बर गुरुङको संगीत रहेको कालजयी गीत ए–कान्छा मलाई सुनको तारा खसाइ देऊन बोलको गीत संगीतज्ञ हरिशरण सायमीसंग कभर सङ गाएर छोटो समयमा चर्चाको शिखरमा डाक्टर शाक्य पुगिसकेकी छन्।

    त्यस्तै, केही मिठा कुरा गरौन, दुई कदम संगै हिंडौन, जिन्दगीको के भरोसा, माया माया तिमी नै माया डाक्टर अजयक्रान्ति शाक्यको शव्द तथा संगीत रहेको डाक्टर शाक्यको स्वर रहेको बोलको गीत छायाँकनको क्रममा रहेको डाक्टर शाक्यले बताइन ।

    डाक्टर शाक्यको गीतको छायाँकन अति नै उत्कृष्ट रहेको जसमा फीचर फिल्मी शैलीमै सबै उपकरण तथा प्रविधिहरु प्रयोग गरेर छायाँकन गरिएको थियो ।

    हेर्नुहाेस् भिडियाेमा :

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ