Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

पौडी खेल्ने क्रममा तनहुँमा ३ जनाको मृत्यु


ग्लोबल पाना
आइतबार, जेठ ६ २०८१
  • 297
    SHARES

  • images
    पौडी खेल्ने क्रममा तनहुँमा ३ जनाको मृत्यु

    तनहुँ। तनहुँको बन्दिपुर गाउँपालिका वडा नं. २ बट्टारस्थित सुले रहमा पौडी खेल्ने क्रममा शनिवार दुई युवकको डुवेर मृत्यु भएको छ। मृत्यु हुनेहरुमा बन्दिपुर गाउँपालिका वडा नं. ६ तिलारका २० बर्षीय विनोद गुरुङ र बन्दिपुर ५ भाँगेका २० बर्षीय हिरा गुरुङ रहेका छन्।

    images
    images
    images

    हिजो शनिबारनै व्यास नगरपालिका वडा नं ३ झोलुंगेपुल नजिकै मादी नदी किनारामा अन्दाजी १३ बर्षीय बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

    चर्को गर्मी छल्न गाउँका ६ जना युवा मिलेर सो रहमा पौडी खेल्न गएको र अन्यको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ। मादी नदी किनारामा फेला परेका बालकको सनाखत हुन सकेको छैन।

    मृतक तीनै जनाको शव पोष्टमार्टमको लागि दमौली अस्पतालको शवगृहमा राखिएको छ। आवश्यक प्रकृया पुरा गरेपछि आफन्तलाई शव बुझाइने प्रहरीले जनाएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ