Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

संघीय संसदका दुवै सदनको बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रममाथि छलफल


ग्लोबल पाना
आइतबार, जेठ ६ २०८१
  • 284
    SHARES

  • images
    संघीय संसदका दुवै सदनको बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रममाथि छलफल

    काठमाडौं। आज संघीय संसदको दुवै सदनको बैठक बस्दै छ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक अपरान्ह १ः १५ बजेदेखि शुरु हुँदै छ। कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने मुछिएको भन्दै संसदीय छानबिन समिति गठनको माग राखेको विषयमा प्रमुख चार दलबीच सहमति भएकाले आजको संसदको वैठक बिना अवरोध चल्ने देखिएको छ।

    images
    images
    images

    शनिबार अपरान्हदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दल र प्रतिपक्षी दलहरूबीचको बैठकले संसदीय छानबिन समिति बनाउने निणर्य गरेसँगै अवरुद्ध संसद् खुल्ने भएको हो।

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा नामै किटेर गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै समिति बनाउनुपर्ने माग राख्दै आएको थियो। सो माग पूरा नगरेको भन्दै संसद्को कार्यसूची प्रभावित पार्दै आएको कांग्रेस प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि सहमतिको बिन्दुमा पुगेको हो।

    यद्यपि संसदीय छानबिन समितिको टिओआर आज बनाउने भनिएको छ। टिओआरमा बैठकअघिसम्म सहमति भएमा आजका संसद बैठक बिना अवरोध चल्ने देखिएको छ।

    शनिबार  ४ जना टीओआर बनाउने कार्यदलमा रहनेगरी सहमति जुटेको छ। कार्यदलको नेतृत्व कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले गर्नेछन्। जसमा रास्वपाका तर्फबाट सांसद शिशिर खनाल, नेपाली कांग्रेसका तर्फबाट सांसद जीवन परियार, नेकपा एमालेका तर्फबाट महेश बर्तौला कार्यदलमा हुनेछन्।

    गत जेठ १ गते राष्ट्रपतिबाट संसद्को दुवै सदनमा प्रस्तुत नीति तथा कार्यक्रम पास, प्रधानमन्त्रीले सोमबार लिने विश्वासको मत र आगामी जेठ १५ गते प्रस्तुत गर्ने बजेट लगायतका काम अब सहज हुने भएका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ