✍️ शरद पौडेल
बि स २०३२ मा बन्न सुरु भएको चक्रपथ काठमाडौंको प्रतिकको रुपमा २०३४ सालमा सम्पन्न भएको थियो । त्यो बेलामा जग्गाको महत्व पनि थिएन । त्यसैले सरकारलाई जग्गा अधिग्रहण गर्न गाह्रो पनि थिएन । साथै त्यो बेलामा चक्रपथबाहेक कही पनि बाटोको बिकास भएन भन्दापनि हुन्छ । साच्चै भन्ने हो भने राजा बिरेन्द्रको पालामा नारा चाही बिकासको मूल फुटाउने भन्ने थियो तर बाटो घाटो (इन्फ्रास्टक्चर डिभेलपमेन्ट) मा काम सुन्ना जस्ताइ थियो । राजा बिरेन्द्रको कार्यकाल इन्फ्रास्टक्चर डिभलेपमेन्टको लागि स्वर्णकाल हुँदाहुँदै पनि के मा अल्झिये अल्झिये ।
अब कुरो रिङ्गरोडको गरौ, जब रिङ्गरोड (चक्रपथ) बन्न सुरु भयो त्यो बेलामा कोटेश्वर, गौशाला तथा चाबहिलमा बाटोको छेउछाउमा घरहरु बनी सकेका थिए त्यो बेलामा कसैको त्यती मात्र घरजग्गा हो भन्ने कुराहरु, बास नै उठने जस्ता कुराहरु आएपछि सरकारले कोटेश्वर, गौशाला र चाबहिल क्षेत्रमा रिङ्गरोडको लागि जग्गा छोड्ने तर धेरै बस्ती पर्ने भएकोले लिन्करोडको जग्गा अधिग्रहण नगर्ने नीति अनुसार कोटेश्वर, गौशाला र चाबहिल क्षेत्रमा रिङ्गरोडमा पर्ने जग्गाको मुआब्जा २०३२ साल मै दियी बाँकी अन्य स्थानमा लिन्क रोड सहित चक्रपथ निर्माण गरिएको थियो । सो बमोजिम धेरैले सरकारी मुआब्जा लिएर अर्को स्थानमा स्थानान्तरण गरे ।
छेउछाउमा जग्गा हुनेले रिङ्गरोडमा परेको आफ्नो पुरानो घरघडेरी २-४ बर्षसम्म त्यसै छोडे । रिङ्गरोड बन्यो चिनिया सरकारले नेपाल सरकारलाई हस्तान्तरण गर्यो । त्यो बेलामा रिङ्गरोडमा गाडी नै चल्दैनथ्यो भन्दापनि हुन्छ । रिङ्गरोडको नजिक स्थापना गरेका इटा भट्टाका ट्रकबाहेक अरु सवारीसाधन चल्दै चल्दैनथ्यो । हामीलाई केटाकेटीमा साइकल सिक्ने स्थान थियो रिङ्गरोड । बस्ती पनि नभएको, खाली ठिङ रिङ्गरोड मात्र थियो त्यो बेला । त्यसैले के हो मुआब्जा, सरकारले के गर्यो भन्ने कुरो आम नागरिकलाई थाहा हुने कुरै थिएन । हामी त रिङरोड वन्यो त्यसैमा खुसी थियो । त्यही बेलामा सरकारले सरकारी जग्गा छुट्ट्याएर काडेतारको बार लगाइदिएको भये हामीलाइ थाहा हुने कुरो थियो ।
रिङ्गरोड बन्यो, चिनिया फर्के, १-२ बर्षसम्म रिङ्गरोडमा परेको जग्गा, जग्गावालाले त्यसै छोडे मुआब्जा लिएर अन्त ब्यबस्था पनि गरे । जब बिस्तारै सबैले रिङ्गरोडको बारेमा बिर्सदै गये अनी तिनै ब्यक्तीहरु सल्बलाउन थाले । कच्चीघर भएको ठाउमा पक्कीघर बनाउन थाले । आम नागरिकलाई त्यो उसको ब्यक्तिगत जग्गा होला भन्ने लाग्यो । सरकारी जग्गामा उसले घर बनायो, होटल खोल्यो, रेस्टुराँ खोल्यो । ऐले जनघनत्व बढदै गयो, महत्व बढ्दै गयो पैसा आउन थाल्यो अनी त्यै सरकारी पैसाले अरुलाई प्रभाबमा पार्न थाल्यो । त्यो प्रभाब राज्यले ४० बर्षसम्म खेप्यो र खेपी रहेको छ । ति ब्यक्तीले उठाएको घरभाडा सरकारी हो तर अहिले उल्टै सरकारलाई दबाब र प्रभाबमा पारेर गाली गर्दै हिडछन । यो हैसियत कसले बनाइ दियो उनिहरुलाई ।
अधिग्रहण पस्चात तुरुन्त साइनबोर्ड राख्नुपर्थ्यो, काडेतारबार लगाउनु पर्थ्यो, त्यो हुन सकेन जसले गर्दा आमनागरिकलाई त्यो जग्गा के हो, कस्तो हो जानकारी भएन । त्यही बेला सार्वजनिकरुपमा जनहितमा सुचना जारी गरिदिएको भये, बेलाबेलामा सुचनाटास गर्दिएको भये आज यो अवस्था आउने थिएन । एक सरकारले गरेको सानो गल्तीको कारण आज स्थानिय सरकारलाई बदनाम गराउने काम हुन पुग्यो । सरकारले आफ्नो जग्गा फिर्ता लिन पनि संघर्श गर्नु पर्ने दिन आयो । त्यै सरकारी जग्गाको पैसाले ब्यक्तीले स्थानिय सरकारलाई समेत प्रभाबमा पार्ने हैसियत बनाउन सक्ने अवस्थामा पुग्यो । यो हैसियत पुराइदिने काम त पूर्वबर्ती सरकारले नै बनाइ दियेको हो । गौशाला जस्तो राजधानीको मुटुमा त सरकारी जग्गाको यस्तो अवस्था रहेछ भने अन्त के होला ।
भनिन्छ मनिस नै एउटा यस्तो प्राणी हो जसलाई कानूनबाहेक कसैले कन्ट्रोल गर्न सक्दैन । कानून नहुना साथ उ उदन्ड भई हाल्छ, त्यसैले उसलाई सधैं कानूनको डन्डा लगाइ रहनु पर्छ ।
अन्तमा, सरकारी जग्गामा सरकारले कि तारबार लगाओस । कि साइन बोर्ड राखोस् जहाँजहाँ सरकारी घरजग्गाहरु छन त्यहात्यहा गएर पाम्प्लेट बितरण गह्रोस जसले गर्दा पसल थाप्न जानेहरुले पनि थाहा पाउन कि यो सरकारी जग्गामा बनेको घर रहेछ जुनसुकै बेलामा पनि भत्कन सक्छ मेरो लागानी डुब्नसक्छ भन्ने पूर्वभाष होस् । मर्का त ऐले ति बिचरा गौशाला क्षेत्रमा पसल थाप्नेहरुलाई परेको छ । त्यसैले राज्यले जुनजुन क्षेत्रमा सरकारी जग्गा हडपेर घरटहरा बनाएर भाडामा लगाएका छन तिनीहरुको क्षेत्रमा गएर यो यो जग्गा सरकारी हो धेरै बर्षदेखी अटेर गरेर घर बनाएको छ कृपया यस क्षेत्रमा ब्यापार ब्यवसाय नगरनु होला । यो घर जुनसुकै बेला पनि भात्कन सक्छ वा यहाँबाट हटाइन सकिन्छ भनेर त्यो क्षेत्रमा जानकारी समय समयमा सूचना जारी गर्नु पर्छ । राज्यले त्यती गर्दापनि मानिसहरु अटेर गरेर ब्यापार ब्यवसाय गर्छ भने तिनीहरुलाई मायादया गर्न जरुरी पर्दैन, उनिहरुसँग बादप्रतिबाद पनि गर्न पर्दैन ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


