Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

लक्ष्मी सनराइज बैंकद्वारा विराटनगरमा शाखा स्थानान्तरण गरी सेवा विस्तार


ग्लोबल पाना
सोमबार, जेठ ७ २०८१
  • 334
    SHARES

  • images
    लक्ष्मी सनराइज बैंकद्वारा विराटनगरमा शाखा स्थानान्तरण गरी सेवा विस्तार

    काठमाडों । लक्ष्मी सनराइ बैंकले विराटनगरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । विराटनगर महानगरपालिका वडा न.७ स्थित हनुमान दास रोडमा रहेका २ शाखा मध्ये एउटा शाखा ५ कि.मि. उत्तरतर्फ सोही महानगरपालिकाको वडा न. ३ स्थित पुष्पलाल चोकमा स्थानान्तरण गरिएको छ ।

    images
    images
    images

    स्थानान्तरण गरिएको साविकको हनुमान दास रोडको शाखाका ग्राहकहरुले सोही ठाउँमा रहेको अर्को शाखा मार्फत सेवा लिन सक्नेछन् । स्थानतरण भएको शाखाले ग्राहक तथा व्यवसायहरुलाई सबै प्रकारका रिटेल बैँकिङ्ग सेवाहरु प्रदान गर्नेछ ।

    साथै, आफ्ना ग्राहकहरूलाई थप व्यवस्थित र समुचित सेवा प्रदान गर्न बैंकले बिर्तामोडमा रहेका आफ्ना २ वटा शाखा गाभी साविक सनराइज बैंकको स्थान भद्रपुर लाईन, बिर्तामोड नगरपालिका-४, झापाबाट संयुक्त कारोबार सुरु गरेको छ । त्यसैगरी, चितवन जिल्ला स्थित भरतपुरको हाकिमचोकमा रहेका २ वटा शाखा पनि गाभिई साविकको लक्ष्मी बैंकको स्थान हाकिमचोक, भरतपुर महानगरपालिका-१० बाट ग्राहकहरुलाई सेवा प्रदान गर्नेछ ।

    हाल लक्ष्मी सनराइ बैंकको सञ्जालमा ५९ जिल्लामा २५६शाखा, ३१९ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १३० शाखारहित बैँकिङ्ग एजेन्ट रहेका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ