Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

गिरीबन्धु टी स्टेटबारे नबोलेको आरोपमा रविले भने,‘छानबिन र दोषीलाई कारबाही गर्न तयार छु


ग्लोबल पाना
सोमबार, जेठ ७ २०८१
  • 278
    SHARES

  • images
    गिरीबन्धु टी स्टेटबारे नबोलेको आरोपमा रविले भने,‘छानबिन र दोषीलाई कारबाही गर्न तयार छु

    काठमाडौं। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसदमा सम्बोधन गर्ने क्रममा आफूले कसैलाई आरोप वा धम्की नदिएको बताएका छन्। सोमबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले संसदमा बोल्ने क्रममा आफूले सहकारीमा आफूजस्तै अरु प्रकरणमा अरुको नाम पनि सञ्चारमाध्यममा आएको दृष्टान्त दिएको प्रष्टिकरण दिए।

    images
    images
    images

    छापामा आएकै भरमा आफूमाथि छानविन गर्ने हो भने अरुमाथि पनि छानविन गर्नुपर्छ भन्ने आफ्नो धारणा रहेको उनको भनाइ छ। लामिछानेले गिरीबन्दु प्रकरणमा छानविन गर्नुपर्ने र दोषीलाई कारवाही गर्न आफू तयार रहेको बताए।

    उनले सहकारी प्रकरणमा समिति बनाउनका लागि कार्यदल नै बनाइसकेको अवस्थामा अहिले कांग्रेस नै तयार नदेखिएको दाबी गरे। सहकारी पीडितलाई न्याय दिने गरि सरकारले काम गर्ने उनको भनाइ छ।

    गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीले विश्वासको मत लिने क्रममा कांग्रेसले गरेको अवरोध लोकतन्त्रको भद्दा मजाक भएको टिप्पणी गरे। विश्वासको मत कहिले लिने भन्ने अधिकार प्रधानमन्त्रीको भएको उनले बताए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ