Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

नेशनल लाईफको नेशनल अवार्ड कार्यक्रम सम्पन्न 


ग्लोबल पाना
सोमबार, जेठ ७ २०८१
  • 311
    SHARES

  • images
    नेशनल लाईफको नेशनल अवार्ड कार्यक्रम सम्पन्न 

    इटहरी । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले इटहरी स्थित होटल सोल्टी वेस्टेण्डमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतिन्वमा सम्मान कार्यक्रमको आयोजना गरी नेशनल अवार्ड अन्तर्गत नेशनल रत्न छनौट हुन सफल कोशी र मधेस प्रदेशका करिब ८० जना अभिकर्ताहरुलाई सम्मान गर्नुभएको छ । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा द्धिप प्रज्वलन गरी शुभारम्भ गर्नु भएको सो समारोहमा सहभागि अभिकर्ताहरुलाई बजार विभाग प्रमुख विवेक शर्माले व्यवसायिक अभिकर्ता उत्पादन गर्न कम्पनीले ल्याउने यस प्रकारको योजनाहरु प्रभावकारी हुने बताउनु भयो ।

    images
    images
    images

    समारोहमा नेशनल अवार्ड विजेता अभिकर्ताहरुलाई नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल,  सर्टिपिकेट र खादाबाट सम्मान गर्नुहुँदै प्रमुख कार्यकारी अधिकृतले अभिकर्ता सञ्जाललाई प्रविधिमैत्री र व्यवसायिक बनाउन थप लगानी गरिएको र कम्पनीको व्यवसाय वृद्धिमा महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई प्राथमिकतामा राखी समय सापेक्ष प्रोत्साहन योजना ल्याइएको कारण नै नेपालभर बाट नेशनल रत्नमा उत्साहजनक रुपमा अभिकर्ताहरु छनौट हुन सफल भएको बताउनु भयो 

    वहाँले नेशनल रत्नमा छनौट हुने अभिकर्ताहरुलाई प्रदेश स्तरिय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजना अनुसार कोशी र मधेश प्रदेशका अभिकर्ताहरुबाट सम्मान कार्यक्रम शुरु गरिएको र अन्य प्रदेशका बाँकी अभिकर्ताहरुलाई पनि छिट्टै नै सम्मान गरिने व्यहोरा जानकारी गराउनु भयो । कार्यक्रममा, प्रमुख कार्यकारी अधिकृत सहित केन्द्रिय कार्यालयका प्रवन्धक विवेक शर्मा, सहायक प्रवन्धक सुष्मिता शर्मा, कोशी प्रदेश प्रमुख नरेन्द्र कुमार बाच्छाना राई लगायत विभिन्न शाखा कार्यालयहरुबाट शाखा प्रमुखहरुको समेत सहभागिता रहेको थियो ।

    सम्मानित बिजनेश लिडरहरुले प्रमुख कार्यकारी अधिकृतबाट आफ्नै क्षेत्रमा सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताउनु भएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ