Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

सुर्खेतमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २१ घाइते


ग्लोबल पाना
सोमबार, जेठ ७ २०८१
  • 234
    SHARES

  • images
    सुर्खेतमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २१ घाइते

    सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा मिनी बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । वीरेन्द्रनगर-७ कटकुवा नजिकै सोमबार दिउँसो कणर्ाली प्रदेश ०२-००१ ख ०८५२ नम्बरको मिनी बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

    images
    images
    images

    मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका-६ बर्दियाका ७० वर्षीय शेरबहादुर खड्का र दैलेखको डुङ्गेश्वर गाउँपालिका-६ का भीमसेन राना रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

    उनका अनुसार दैलेखबाट सुर्खेत आउँदै गरेको बसमा सवार २१ जना घाइते भएका छन् । घाइतेहरूको कर्णाली प्रदेश अस्पताल र कर्णाली केयर अस्पतालमा उपचार भइरहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ