Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

राजनीतिक प्रवृत्ति खराब भएपनि व्यवस्था खराब छैन : उपसभापति गुरुङ


ग्लोबल पाना
बिहीबार , जेठ १० २०८१
  • 320
    SHARES

  • images
    राजनीतिक प्रवृत्ति खराब भएपनि व्यवस्था खराब छैन : उपसभापति गुरुङ

    काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिक प्रवृत्ति खराब भएपनि व्यवस्था खराब नभएको बताएका छन्। प्रजातान्त्रिक विचार समाज मकवानपुरले आज हेटौँडामा आयोजित एक कार्यक्रममा उनले नेपाली राजनीतिमा देखिएको खराब प्रवृत्तिलाई निरुत्साहन गर्न सके निराशालाई आशामा बदल्न सकिने धारणा राखे।

    images
    images
    images

    उपसभापति गुरुङले भ्रष्ट्राचारसँग जोडिएका कुनै पनि दलका नेताहरूलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न काँग्रेस सधैँ तयार रहेको बताए। ‘काँग्रेसले भष्ट्रचारीविरुद्ध आवाज उठाउँदै आएको छ। त्यसका सुरुआत हामी आफैँबाट गर्न आवश्यक छ,’ उनले भने।

    कार्यक्रममा काँग्रेस मकवानपुर सभापति बुद्ध लामाले प्रजातन्त्रलाई थप सुदृढ बनाउन प्रजातान्त्रिक विचार समाजजस्ता संस्थाहरूको महत्त्वपूर्ण भूमिका हुने धारणा व्यक्त गरे।

    समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले लोकतन्त्र, संघीय शासन व्यवस्था र जनताका समृद्धिका पक्षमा आवाज उठाई प्रजातान्त्रिक विचारलाई संस्थागत गर्दै लैजानुपर्ने बताए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ