Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

चितवनमा गर्मी अत्यधिक बढेपछि विद्यालयमा गर्मी बिदा, खोप अभियान पनि स्थगित


ग्लोबल पाना
सोमबार, जेठ १४ २०८१
  • 303
    SHARES

  • images
    चितवनमा गर्मी अत्यधिक बढेपछि विद्यालयमा गर्मी बिदा, खोप अभियान पनि स्थगित

    चितवन । गर्मी अत्यधिक बढेपछि चितवनको रत्ननगर नगरपालिकाले विद्यालयमा गर्मी बिदा दिएको छ । अत्यधिक गर्मी र ‘लू’ का कारण बालबालिकाको सिकाइ क्रियाकलाप तथा स्वास्थ्यमा असर परेको भन्दै नगरपालिकाले नगरअन्तर्गतका सम्पूणर् सामुदायिक र संस्थागत विद्यालय चार दिन बन्द गर्ने निणर्य गरेको छ ।

    images
    images
    images

    नगर शिक्षा अधिकारी नारायणप्रसाद वाग्लेका अनुसार यही जेठ १४ देखि १८ गतेसम्म सम्पूणर् विद्यालयमा बिदा दिइएको छ ।

    खोप अभियान स्थगित

    अत्यधिक गर्मी बढेपछि रत्ननगर नगरपालिकाले आइपिभी खोप अभियानसमेत स्थगित गरेको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वाग्लेले पालिकाका सबै वडामा रहेका सामुदायिक तथा संस्थागत विद्यालय र स्वास्थ्य संस्थामा जेठ १३ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने तय भएको खोप कार्यक्रम गर्मीका कारण स्थगित गरिएको बताए । अभियान जेठ २० गतेदेखि पुनः सञ्चालन हुनेछ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ