Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

मातृभाषा संरक्षण गर्न परराष्ट्रमन्त्रीको आग्रह


ग्लोबल पाना
आइतबार, जेठ २० २०८१
  • 248
    SHARES

  • images
    मातृभाषा संरक्षण गर्न परराष्ट्रमन्त्रीको आग्रह

    काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मातृभाषालाई संरक्षण गर्न र यसलाई बढवा दिन आवश्यक रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनलाई सम्बोधन गर्दै उनले आदिवासी संस्कृति महत्त्वपूणर् भएको औंल्याए ।

    images
    images
    images

    उनले आदिवासी जनजाती संस्कति र संस्कारलाई सञ्चारमाध्यममा प्रयोग गर्न सकिएन भने मातृभाषा विस्तारै लोप हुँदै जाने बताए । उनले भने,‘मातृभाषा बढाउनुपर्छ । यसलाई संकुचित रूपमा बुझ्नु हुँदैन । हाम्रो आदिवासी संस्कृति महत्त्वपूणर् छ जसले अधिकांश मातृभाषाहरूलाई अँगालेको छ । त्यसैले हामीले आफ्नो मातृभाषालाई बचाएर आदिवासी जनजातिसँग सञ्चार माध्यमको रूपमा प्रयोग गर्न सकेनौं भने विस्तारै लोप हुँदै जान्छ ।

    भाषा मात्र नभई सबैभन्दा बढी भाषालाई अंगालो हाल्ने समुदाय पनि लोप हुँदै जान्छ ।’ मातृभाषा प्रकाशन वा पत्रकारिता गर्ने मात्र नभई यस्तो संस्कृति जोगाउने कार्यमा पनि लाग्नुपर्ने बताए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ