Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

सरकारले आगामी आर्थिक वर्षका लागि गरेको बजेट विनियोजन बारेमा समिक्षा कार्यक्रम सम्पन्न


ग्लोबल पाना
सोमबार, जेठ २१ २०८१
  • 298
    SHARES

  • images
    सरकारले आगामी आर्थिक वर्षका लागि गरेको बजेट विनियोजन बारेमा समिक्षा कार्यक्रम सम्पन्न

    काठमाण्डौं । सरकारले आगामी आर्थिक वर्षका लागि गरेको बजेट विनियोजन बारेमा समिक्षा गरिएको छ । आईबिएन मिडिया एन्ड रिसर्चले आइतवार ललितपुरमा सरकारका प्रतिनिधि, अर्थविद तथा निजीक्षेत्रका प्रतिनिधिहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा राजस्व सचिव डा. रामप्रसाद घिमिरेले बजेट सन्तुलित र समय सान्दर्भिक आएको भन्द यसको कार्यान्वयनका लागि सरोकारवालाको सुझावलाई समेटेर अघि बढ्ने प्रतिवद्र्धता व्यक्त गर्नुभयो ।

    images
    images
    images

    यस्तै कार्यक्रममा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटले मुलुकको आन्तरीक अर्थतन्त्रमा देखिएका राजस्वमा दवाब, माग बढ्न नसक्नु, कर्जा विस्तार हुन नसक्नु, आयता घट्नु जस्ता समस्या सम्बोधन गर्न नसकोको बताउनुभयो । मुुलुकको अर्थतन्त्रलाई स्थायित्व दिन समस्याको दिर्घकालिन समाधान खोज्नु पर्ने उहाँको भनाई छ ।

    कार्यक्रममा प्राध्यापक डा रेशम थापाले कार्यपत्र प्रस्तत गर्नुहुँदै बजेटले आर्थिक वृद्धि रोजगारी र सुशासन प्रवद्र्धन गर्ने स्पष्ट कार्यक्रम ल्याउन नसकेको धारणा व्यक्त भयो । यस्तै उहाँले पूँजी निर्माणको आधार मानिने पूँजीगत खर्चतर्फ एकातिर कम रकम विनियोजन हुने र अर्कोतर्फ विनियोजित रकम पनि खर्च गर्ने नसक्ने अवस्थाले आर्थिक वृद्धिमा नकारात्मक असर परेको बताउनुभयो ।

    उहाँले यो समस्या दोहोरीन नदिन सरकारले विशेष कार्यसंरचना बनाएर काम गर्नुपर्ने आवस्यकता औँल्याउनुभयो । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपक श्रेष्ठले बजेटले व्यवसायीलाई मात्र नभएर आम नागरीकलाई समेत समेट्न नसकेको धारणा व्यक्त गर्नुभयो । बजेटले अर्थतन्त्रमा देखिएको समस्यालाई सम्बोधन गर्न नसकेको र कार्यान्वयनमा समस्या आउने नीजि क्षेत्रको बुझाई रहेको उहाँले उल्लेख गर्नुभयो ।

    यसैगरी कार्यक्रममा उपस्थित नीजि क्षेत्रको विभिन्न संघसंस्थाका प्रतिनीधिहरुले बजेट हेर्दा सन्तुलित देखिए पनि अर्थतन्त्र चलायमान बनाउने गरी कुनै रूपान्तरणकारी व्यवस्था नसमेटिएको उल्लेख गरे । अप्ठ्यारो परिस्थितिमा आएको बजेट समग्रमा सन्तोषजनक मानिए पनि यसको कार्यान्वयनमा जोड दिनुपर्ने आवस्यकता औँल्याइएको छ । व्यवसायीहरु माणिकरत्न शाक्य, पुष्परत्न शाक्य, चिञ्जिवि अधिकारी लगायतले कार्यक्रममा आफनो धारणा राख्न’भएको थियो ।

    आइविएन मिडिया एण्ड रिसर्चद्धारा आयोजित उक्त कार्यक्रममा सरकारी, नीजि क्षेत्र तथा अर्थविदहरुसहित ४० जना भन्दा बढीको सहभागिता थियो । यस कार्यक्रमले सरकारलाई बजेट कार्यान्वयनमा मार्गप्रसस्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । उक्त कार्यक्रम हिमालयन बैंक, कृषि विकास बैंक, नेपाल बैंक राष्ट्रिय वाणिज्य बैंक तथा जेए ग्रुपको सहयोगमा सञ्चालन गरिएको हो । सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको कुल बजेट सार्वजनिक गरेको छ । बजेटमा आर्थिक सुधार, निजी क्षेत्रको प्रवद्र्धन, कृषि, ऊर्जा, सूचना प्रविधि, पर्यटन, औद्योगिक विकास र पूर्वाधार निर्माणलाई विशेष प्राथमिकतामा राखेको छ ।

    सरकारले उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि, निजी क्षेत्रको मनोबल बढाउँदै लगानी वृद्धि र आर्थिक क्रियाकलापमा तीव्रता ल्याउने लक्ष्य पनि लिएको छ । मुलुकको अर्थतन्त्रमा छाएको चरम मन्दीबीच आएको बजेटको बिषयलाई लिएर अहिले मिश्रित धारणा सार्वजनिक भइरहेका छन् । मुलुकका बाह्य क्षेत्र सकारात्मक देखिए पनि आन्तरिक रूपमा भने अर्थतन्त्र अप्ठ्यारो स्थितिमै छ ।

    यस्तोमा समग्र अर्थतन्त्रको सुधारका लागि आगामी बजेको दिशा र यसको कार्यान्वयन कसरी हुन्छ भन्ने विषयमा बहस भैरहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ