Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

ललितपुर इमाडोलको सुनापाती पोलिक्लिनिकमा शनिबार निःशुल्क स्वास्थ्य शिविर,उपस्थितिको लागि आग्रह


ग्लोबल पाना
शुक्रबार, जेठ २५ २०८१
  • 377
    SHARES

  • images
    ललितपुर इमाडोलको  सुनापाती पोलिक्लिनिकमा शनिबार निःशुल्क स्वास्थ्य शिविर,उपस्थितिको लागि आग्रह

    काठमाडौँ । ललितपुरको इमाडोलमा शनिबार निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । सुनापाती पोलिक्लिनिक एवम् हेल्थ सेन्टर र महालक्ष्मी नगरपालिका वडा नम्बर २ को संयुक्त आयोजनामा शनिबार बिहान साढे ७ बजेदेखि जेनियम नेसनल एकेडेमी इमाडोलमा विशेषज्ञ डाक्टरहरुको सहभागितामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन लागेको हो ।

    images
    images
    images

    हेल्थ सेन्टरका सञ्चालक जीवन कुमार केसीका अनुसार निःशुल्क स्वास्थ्य शिविरमा सुगर परीक्षण सेवा, पिसाब जाँच, होलबडी चेकअप मात्रै ३ हजार र थाइराइड परीक्षण मात्र ६०० रुपैयाँमा गरिनेछ भने कतिपय निशुल्क पनि गरिन्छ । यस्तै सम्पूर्ण ल्याब टेस्टमा २५ प्रतिशत, डिजिटल एक्स–रे र ईसीजीमा पनि २५ प्रतिशत नै छुट उपलब्ध रहेको केसीले बताए ।

    स्वास्थ्य शिविरमा डा अञ्जुली लिम्बु, किरण आचार्य, दीपक मिश्र, निलिमा बज्राचार्य, राजीव राजन यादव, अरुण कार्की, आनन्द कुमार मिश्रजस्ता विशेषज्ञ डाक्टरहरुको सहभागिता रहने छ भने बालरोग विशेषज्ञ सेवा, सुगर, थाइराइड, मधुमेह हर्मोन रोग विशेषज्ञ सेवा, मुुटु रोग विशेषज्ञ सेवा, स्त्री रोग तथा प्रसूती विशेषज्ञ सेवा, जनरन फिजिसियन विशेषज्ञ सेवा, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ सेवा र छाला तथा यौनरोग विशेषज्ञ सेवा समेत उपलब्ध हुने सन्चालक जिवन कुमार केसिले बताए ।

    केसि स्वास्थ्य ब्यावसायमा अत्यन्तै अनुभवी ब्यक्तिको रुपमा चिनिन्छन । केसिले स्वास्थ्य नै धन भएकाले सबैलाइ उपस्थितिको लागि आग्रह गरेका छन ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ