Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

सुनापाती पोलिक्लिनिक द्वारा निःशुल्क स्वास्थ्य सिविर,पाँचसय बढीले लिए सेवा


ग्लोबल पाना
आइतबार, जेठ २७ २०८१
  • 380
    SHARES

  • images
    सुनापाती पोलिक्लिनिक द्वारा निःशुल्क स्वास्थ्य सिविर,पाँचसय बढीले  लिए सेवा

    ललितपुर । ललितपुरको इमाडोलमा शनिबार निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । सुनापाती पोलिक्लिनिक एवम् हेल्थ सेन्टर र महालक्ष्मी नगरपालिका वडा नम्बर २ को संयुक्त आयोजनामा शनिबार स्थानीय जेनियम नेसनल एकेडेमी इमाडोलमा गरिएको स्वास्थ्य शिविरमा पाँचसय बढीले सेवा लिएका छन ।

    images
    images
    images

    हेल्थ सेन्टरका सञ्चालक जीवन कुमार केसीका अनुसार विशेषज्ञ डाक्टरहरुसहितको सहभागितामा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा सुगर परीक्षण सेवा, पिसाब जाँच, होलबडी चेकअप मात्रै ३ हजार र थाइराइड परीक्षण मात्र ६०० रुपैयाँमा गरियो भने कतिपय निशुल्क पनि गरियो । यस्तै सम्पूर्ण ल्याब टेस्टमा २५ प्रतिशत, डिजिटल एक्स–रे र ईसीजीमा पनि २५ प्रतिशत नै छुट उपलब्ध गराइएको केसीले बताए ।

    स्वास्थ्य शिविरमा डा. अञ्जुली लिम्बु, किरण आचार्य, दीपक मिश्र, निलिमा बज्राचार्य, राजीव राजन यादव, अरुण कार्की, आनन्द कुमार मिश्रजस्ता विशेषज्ञ डाक्टरहरुको सहभागिता रहेको थियो भने बालरोग विशेषज्ञ सेवा, सुगर, थाइराइड, मधुमेह हर्मोन रोग विशेषज्ञ सेवा, मुुटु रोग विशेषज्ञ सेवा, स्त्री रोग तथा प्रसूती विशेषज्ञ सेवा, जनरन फिजिसियन विशेषज्ञ सेवा, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ सेवा र छाला तथा यौनरोग विशेषज्ञ सेवा समेत उपलब्ध गराइएको केसीले बताए ।

    केसी स्वास्थ्य व्यावसायमा अत्यन्तै अनुभवी व्यक्तिको रुपमा चिनिन्छन ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ