काठमाडौं । बिनायक अस्पताल द्वारा तादीमा नि शुल्क स्वास्थ शिविर सम्पन्न भएकाे छ । निःशुल्क स्वास्थ्य शिविरबाट ५०० जना लावान्वीत भएका छन् । २०८१ साल जेठ २६ गते तादी भ्यु एकेडेमी भोर्ले आयोजक, भरत प्रसाद लामिछाने स्मृति प्रतिष्ठा को सह आयोजकमा बिनायक अस्पताल तथा प्रसुती गृह गोंगबु को बरिस्ठ चिकित्सकहरु द्वारा निशुल्क स्वास्थ शिविर सम्पन भएकाे थियाे ।
१ दिने स्वास्थ शिविरमा मा पाँच सय जना लाभग्राही हरुले नि :शुल्क सेवा प्राप्त गर्ने अवसर पाएका थिए । यस्तै शिविरमा स्वास्थ समस्या भएका बिरामीहरूलाई निःशुल्क रूपमा औषधीको समेत व्यवस्था गरिएको थियो । नागरिक तथा समाजको सर्वागिंन विकासका लागि यो शिविरले कोसेढुंगाको काम गरेको विनायक अस्पतालका प्रमुख बताउनु हुन्छ ।
नागरिकहरुले निःशुल्क सेवा प्राप्त गर्नुका साथै उनीहरुको लुकेको रोग पत्ता लाग्दा समाज नै स्वस्थ हुने उद्देश्यका साथ बिनायक अस्पतालले विभिन्न ठाउमा गएर शिविर गर्दै आइरहेको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


