Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

किशोरीहरूका लागि लगानी र नीतिगत सुधार गर्न सरकार प्रतिबद्ध छः मन्त्री चौधरी


ग्लोबल पाना
बिहीबार , जेठ ३१ २०८१
  • 310
    SHARES

  • images
    किशोरीहरूका लागि लगानी र नीतिगत सुधार गर्न सरकार प्रतिबद्ध छः मन्त्री चौधरी

    नवलपुर, ३० जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले किशोरीहरूका लागि लगानी र नीतिगत सुधार गर्नुपर्नेमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नवलपुरको देवचुली नगरपालिका वडा नम्बर १० स्थित जागृति बाल तथा युवा सरोकार नेपालद्वारा निर्माण गरिएको बालिका सिकाइ तथा स्रोत केन्द्रको अवलोकन पछि किशोरी र बालबालिकाहरूसँग अन्तरसम्वाद गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । त्यस अवसरमा उहाँले किशोरीहरूमा राज्यका सबै निकाय, सामाजिक क्षेत्र तथा समाज, परिवार सबैले लगानी गर्न आवश्यक रहेको बताउनुभयो ।

    images
    images
    images

    मन्त्री चौधरीले सरकारले मन्त्रालयगत बजेट दिने क्रममा थोरै बजेट दिने र योजनाअनुसारको बजेट कटौती गर्दा आशातीत काम गर्न नसकेको समेत बताउनुभयो । ‘बालबालिकाहरूको संरक्षण, शिक्षा, स्वास्थ्यमा लगानी तथा उनीहरूको सुरक्षाका निम्ति लगानी गर्न राज्य प्रतिबद्ध छ’, मन्त्री चौधरीले भन्नुभयो, ‘त्यसका निम्ति हामीले काम पनि गर्दै आएका छौँ । तर मन्त्रालयत बजेटको सीमितताका कारण आशातीत काम गर्न सकेका छैनौँ ।’ मन्त्री चौधरीले छोरीहरूलाई शिक्षासँगै जीवन उपयोगी शिक्षा समेत सिकाउनुपर्ने बताउनुभयो ।

    खास गरी आत्मनिर्भर बनाउनका निम्ति सीप सिकाउनुपर्ने उहाँको भनाई थियो । सोही योजना अन्तर्गत छोरी आत्मनिर्भर कार्यक्रम ल्याइएको मन्त्री चौधरीले बताउनुभयो । ‘हामीले यो बजेटमा प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम ल्याएका छौँ । त्यो विशेष गरी छोरीहरूलाई आर्थिक रूपमा सबल बनाउनका निम्ति ल्याइएको कार्यक्रम हो’, मन्त्री चौधरीले भन्नुभयो, ‘स्थानीय तहको सबै पालिकामार्फत सञ्चालन हुने गरी ल्याइएको उक्त कार्यक्रम केही ठाउँबाट पाइलटका रूपमा सञ्चालन हुनेछ । किनभने हामीले योजना बनाएअनुसार बजेटको व्यवस्था हुन सकेन ।’

    त्यस क्रममा नवलपुरका किशोरीहरूले मन्त्री चौधरीसँग किशोरीको अधिकार र सरोकारवालाको भूमिकाको बारेमा अन्तरसम्वाद अन्तर संवाद कार्यक्रम गरिएको थियो । कार्यक्रममा किशोरी अभियन्ता रेजिना घर्ती मगरले तीन तहको सरकारले बालबालिकालाई प्राथमिकता दिनुपर्ने र लगानीको सुनिश्चितताको लागि पहल गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

    उहाँले बालिका सिकाई तथा स्रोत केन्द्र किशोरीहरूको साझा सपनाको रूपमा पहल गरेको र अहिले आफ्नो सपना पूरा हुने क्रममा हुँदा खुसी लागेको बताउनुभयो । यसको दिगो सञ्चालनको लागि सबैले सहयोग गर्नुपर्ने अभियन्ता घर्ती मगरको भनाई थियो । त्यस अवसरमा किशोरीहरू र बालबालिकाहरूले बालबालिकाका विभिन्न सवालहरूमा काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

    सहभागीहरूले विद्यालयमा नर्स कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिनुपर्ने, किशोरीहरूको लागि आवश्यक पर्ने सेनेटरी प्याड गुणस्तरीय र निजी विद्यालयमा पनि उपलब्धता गराइदिनुपर्ने, स्थानीय तहमा किशोरकिशोरीहरूको लागि मानसिक स्वास्थ्यको लागि मनोपरामर्शकर्ताहरूको व्यवस्थापन गरिनुपर्ने, स्थानीय तहमा किशोरीहरूको लागि छुटै डेस्कको स्थापना गरिनुपर्ने, गरिब र सीमान्तकृत बालबालिकालाई राज्यले निःशुल्क शिक्षा र स्वास्थ्यको लागि काम गरिनुपर्ने, दिवा खाजालाई सबै बालबालिकाले पुग्ने गरिएको लागि व्यवस्थापन गरिनुपर्ने लगायतका सवालहरू मन्त्री चौधरीसामु पेश गरेका थिए ।

    जागृति बाल तथा युवा सरोकार नेपालले क्यान्नलनसँगको सहयोगमा किशोरीहरू र बालबालिकाहरूको लागि सो सिकाई केन्द्रको निर्माण गरिरहेको संस्थाका अध्यक्ष तिलोत्तम पौडेलले जानकारी दिनुभयो । नेपालमा पहिलो पटक यस्तो खालको संरचना निर्माण थालनी गरिएको भन्दै उहाँले जोकोहीलाई पनि बालिका र किशोरी अधिकारको बारेमा सूचना लिन र सूचना प्रदान गर्नको लागि अध्ययन केन्द्रको निर्माण गरिरहेको बताउनुभयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ