Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

रुपन्देहीमा चिसोसँगै रोगको जोखिम


ग्लोबल पाना
आइतबार, पुस ३ २०७९
  • 294
    SHARES

  • images
    रुपन्देहीमा चिसोसँगै रोगको जोखिम

    रुपन्देही । रुपन्देहीमा बिहान बाक्लो हुस्सुले ढाक्न थालेको छ । हुस्सुसँगै चिसो ह्वात्तै बढेको छ । पुस लागेपछि जाडोले सताउन थालेको देखिन्छ । चिसोका कारणले सर्वसाधारणलाई दैनिक कामकाज गर्न समस्या देखिएको छ ।

    images
    images
    images

    यससँगै रुघाखोकी, श्वासप्रश्वासका बिरामी बढ्न सुरु गरेको चिकित्सक बताउँछन् । चिसोका कारण दैनिक दर्जन बढी बिरामी भीम अस्पताल भैरहवामा आउने गरेका छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शकुन्तला गुप्ताका अनुसार श्वासप्रश्वास र रुघाखोकीका बिरामी आउने क्रम दैनिक बढ्दो छ ।

    मेडिकल सुपरिटेन्डेन्ट डा गुप्ताले बिरामीको सङ्ख्या बढेसँगै चिसोसँग बच्न आग्रह गरिएको बताए । चिसो ह्वात्तै बढेकाले मर्निङवाक गर्ने वृद्धवृद्धा साथै बालबालिकालाई, न्याना लुगा लगाउन, तातो खानेकुरा खान जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले अनुरोध गरेको छ । चिसो बढेसँगै दम, ज्वरो, खोकीका अधिकांश बिरामी भर्ना गरेर उपचार गर्न थालिएको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालका सम्पर्क अधिकृत तेज केसीले बताए ।

    लुम्बिनी प्रदेशका पश्चिम नवलपरासी, कपिलवस्तु, दाङ, बाँके, बर्दियालगायत जिल्लामा पनि चिसोका बिरामी बढ्न थालेका छन् । चिकित्सकले सावधानी अपनाउन अनुरोध गरेका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ