Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

संसद् भवनको शौचालयमा नेपाल प्रहरीका जवानले गोली हानी गरे आत्महत्या


ग्लोबल पाना
बुधबार, असार ५ २०८१
  • 376
    SHARES

  • images
    संसद् भवनको शौचालयमा नेपाल प्रहरीका जवानले गोली हानी गरे आत्महत्या

    काठमाडौं । नयाँ बानेश्वरस्थित संघीय संसद भवनभित्र नेपाल प्रहरीका एक जवानले आफैँलाई गोली हानी आत्महत्या गरेका छन् ।बुधबार बिहान २२ वर्षीय प्रहरी जवान अजित गोलेले दुई नम्बर गेटको शौचालयमा आफूमाथि गोली हानी आत्महत्या गरेका संघीय संसद सचिवालयका सूचना अधिकारी दशथ धमलाले बताए ।

    images
    images
    images

    ‘उहाँले आधा घण्टा अगाडि मात्रै आफैंलाई गोली हानी शौचालयमा आत्महत्या गर्नुभएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी प्राप्त भएको छ’, धमलाले भने ।

    उनका अनुसार गोले संसद् भवनमा बिहान ड्युटी गरिरहेका थिए र सोही क्रममा आफैंले बोकेको पेस्तोल आफूमाथि प्रहार गरी सुट गरेका थिए ।

    जवानले किन आत्महत्या गरे भन्ने विवरण खुल्न बाँकी रहेको छ । मृतक गोले नेपाल प्रहरीको स्पेशल टाक्स फोर्सका लागि प्रहरी हेडक्वाटरबाट खटाइएका जवान हुन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ