Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

भ्रष्टाचार नियन्त्रण गर्न सरकारले ५०० र हजारका नोटमा तत्काल प्रतिबन्ध लगाउनुपर्छ : सांसद गुरुङ


ग्लोबल पाना
बुधबार, असार ५ २०८१
  • 306
    SHARES

  • images
    भ्रष्टाचार नियन्त्रण गर्न सरकारले ५०० र हजारका नोटमा तत्काल प्रतिबन्ध लगाउनुपर्छ : सांसद गुरुङ

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा संसाद धनराज गुरुङले ५०० र १००० रुपैयाँका नेपाली नोट प्रतिबन्ध लगाउनुपर्ने धारणा राखेका छन् । मुलुकमा आर्थिक सुशासन कायम गर्नको लागि सरकारले ५०० र हजार दरका नोटमाथि प्रतिबन्ध लगाउनुपर्ने गुरुङको भनाइ छ ।

    images
    images
    images

    बुधबार प्रतिनिधिसभा बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उपसभापति गुरुङले ५०० र १००० दरका नोटहरूमाथि प्रतिबन्धित गर्ने हो भने देशमा भ्रष्टाचार कम हुने बताएका छन् । त्यसो गर्ने हो भने देशमा हुन गरेका गैरकानुनी कारोबार रोकिने र झण्डै ८० प्रतिशत राजस्व चुहावट नियन्त्रण हुने उनले ठोकुवा गरे ।

    पछिल्लो समय धनीमानी व्यक्तिहरुले बैंकमा पैसा राख्दा कर तिर्नुपर्ने डरले बैंकमा पैसा नराखी घरमै लुकाइछुपाई कारोबार गर्ने गरेको आशंकामा ५०० र १००० दरका नोटमाथि प्रतिबन्ध लगाउनुपर्ने धारणा गुरुङले व्यक्त गरे । त्यस्ता व्यक्तिहरुले अवैध रुपमा राखेको धन पनि ५०० र हजार रुपैयाँका नोटमा प्रतिबन्ध लगाएपछि बाहिर आउने उनको तर्क छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ