Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

नेपाली महिलालाई गैरकानुनी रुपमा कुवेत पठाउन बन्द गर्नुपर्छ : सांसद गुरुङ


ग्लोबल पाना
सोमबार, असार १० २०८१
  • 342
    SHARES

  • images
    नेपाली महिलालाई गैरकानुनी रुपमा कुवेत पठाउन बन्द गर्नुपर्छ : सांसद गुरुङ

    काठमाडौं। सांसद धनराज गुरुङले नेपाली महिलालाई गैरकानुनी रुपमा कुवेतलगायतका देशमा पुर्‍याउने काम झनझन बढ्दै गएकामा सरकारको ध्यानाकषणर् गराएका छन्। घरेलु कामदारका रुपमा नेपाली महिलालाई पठाउन नहुने भनिए पनि व्यवहारिक रुपमा कार्यान्वयन हुन नसकेको उनले उल्लेख गरे।

    images
    images
    images

    प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसद गुरुङले कुवेतमा अहिले पनि ४१ हजार नेपाली महिला कामदारका रुपमा रहेका र तीमध्ये २७ हजार गैरकानुनी रुपमा रहेको तथ्य प्रस्तुत गरे। पछिल्लो ६ महिनाभित्रमा १० हजार नेपाली महिला गैरकानुनी रुपमा कुवेत पुगेको सूचना प्राप्त भएको उनले बताए।

    सांसद गुरुङले आफू कुवेतमा नेपाली जनसम्र्पक समितिले आयोजना गरेको कार्यक्रममा सहभागी भएर नेपाल फर्किने क्रममा बेल्ग्रेटबाट फर्काइएका पाँच युवासँग भेट भएको उल्लेख गर्दै झापाको एउटा मेनपावर कम्पनीले प्रतिव्यक्ति  ६ लाख ५० हजार लिएर बेल्ग्रट पुर्‍याएको खुलेको छ, यस विषयमा सरकारको ध्यानाकषणर् गराउन चाहन्छु।”

    सांसद सम्झना थपलियाले सिरहालगायत मधेशका अन्य जिल्लामा पछिल्लो समयमा शान्ति सुरक्षाको स्थिति कमजोर भएको उल्लेख गर्दै तीन महिनादेखि चोरी डकैतीका घटना बढ्दै गएकामा सरकारको ध्यानाकर्षण गराए। उनले भने, “वित्तीय संस्थाको रकम लुटिएको छ, तर एउटा पनि दोषी पक्राउ परेको छैन।”

    सांसद माधव सापकोटाले हिउँदमा अस्थायी संरचना निर्माण गरिए पनि  बर्खामा बाढीले बगाउने गरेको उल्लेख गर्दै नागरिकल ती अस्थायी संरचना बगाएको टुलुटुलु हेर्नुको विकल्प नभएको बताए।

    संघीय संसद्को बैठक आज बिहान ११ बजे सुरु हुने भनिए पनि सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न वार्तामा बसेका कारण निर्धारित समयभन्दा डेढ घण्टापछि मात्रै सुरु भएको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ