Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

थेरापिस्ट र काउन्सिलरहरुको लागि लाइसेन्सको व्यवस्था गर्दै छौं : मन्त्री श्रेष्ठ


ग्लोबल पाना
बुधबार, असार १२ २०८१
  • 417
    SHARES

  • images
    थेरापिस्ट र काउन्सिलरहरुको लागि लाइसेन्सको व्यवस्था गर्दै छौं : मन्त्री श्रेष्ठ

    काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले थेरापिस्ट र काउन्सिलरहरुको लागि मन्त्रालयले लाइसेन्स दिने व्यवस्था गर्न लागेको बताएकी छन् । दुव्र्यसनिमा फसेकाहरुको मानसिक स्वास्थ्यको उपचारमा संलग्न हेल्थ काउन्सिलर तथा थेरापिस्टहरुको लागि सामाजिक र पारिवारिक सहयोग प्रणालीको विकास गर्न आवश्यक रहेको औंल्याउँदै मन्त्री श्रेष्ठले नेपाल हेल्थ प्रोफेशनल काउन्सिलसँगको सहकार्यमा थेरापिस्ट र काउन्सिललाई लाइसेन्स दिने व्यवस्था गर्न लागेको बताइन् । यसो गर्दा आवश्यकता परेकालाई सहयोग मिल्ने धारणा उनको छ ।

    images
    images
    images

    ‘नेपालमा अहिलेसम्म थेरापिस्ट र काउन्सिरहरुको लागि लाइसेन्स दिने व्यवस्था छैन । स्वास्थ्य मन्त्रालय र नेपाल हेल्थ प्रोफेशनल काउन्सिलसँग मिलेर हामिले लाइसेन्सको व्यवस्था गर्दै छौं । ताकि तपाईंलाई सहयोग चाँहिदा कहाँ जाने, को सँग लाइसेन्स छ भन्ने थाहा पाउन सकिन्छ । यसो गर्दा सहयोग गर्ने सेन्टर पनि बढ्छ,’ मन्त्री श्रेष्ठले भनिन् ।


    उनले कुनै पनि व्यक्ति पारिवारिक वा अन्य कारणले दुव्र्यसनिमा परिसकेपछि उसलाई बाहिर ल्याउन परिवार वा साथीको सहयोगको आवश्यकता पर्ने भएकाले उसलाई जजमेन्ट नगरी समस्यामा परेकाको कुरा सुनिदिनुपर्ने र सकेको सहयोग गर्नुपर्नेमा जोड दिइन ।

    मन्त्री श्रेष्ठले भनिन्, ‘हामीले कसैलाई ब्लड प्रेसर वा सुगर भइसकेपछि पहिला किन व्यायाम नगरेको भनेर भन्दैनौ नि । त्यसरी नै एडिक्सनमा परिसकेपछि व्यक्तिलाई जजमेन्ट नगरि उसलाई सहयोगको आवश्यकता छ, म सक्छु, उसलाई सहयोग गर्छु भनेर एउटा कम्युनिटी बनाऔं । लागु औषध सँगै मादक पदार्थ सेवन गर्नेको पीडित परिवार मिलेर हामीले कम्युनिटी बनायौं भने एक अर्कामा सहयोग सिस्टम बन्छ ।’ उनले थप भनिन्, ‘यो चाँही सरकारले भन्दा पनि आफैंले गर्ने हो । यसमा हामी सबैले सहयोग गर्न सक्छौं ।  जो दुव्र्यसनमा पर्नुभएको छ उहाँहरु र परिवारको लागि पनि आफूले आफैंलाई सहयोगको केन्द्र बनाउन सक्छौं ।’ 

    यस्तै, मन्त्री श्रेष्ठले दुव्र्यसनी रोकथामको कुरा गरिरहँदा पाठ्यक्रमलाई समेत ध्यान दिनुपर्ने बताइन । उनले विद्यालयका पाठ्यक्रममा आवश्यक सुधार गर्न आफूहरु लागेको जानकारी दिँदै ‘समाजसँग पाठ्यक्रम’ मन्त्रालयले ल्याएकोले त्यसमा दुव्र्यसनिसँगै मानसिक स्वास्थ्यको क्षेत्रमा सुधार गर्न आवश्यक सुझाव दिन आग्रह गरिन् ।

    ‘हामीले मानसिक स्वास्थ्यमा पनि काम गर्नु छ । त्यसैले यहाँ (दुव्र्यसनिको सुधारमा) काम गरिरहनु भएका साथिहरु जसलाई साँच्चै रोकथाम गर्न सकिन्छ भन्ने थाहा छ तपाईंहरुले ‘समाजसँग पाठ्यक्रम’ मा प्रतिक्रिया दिनुहोला’ मन्त्री श्रेष्ठले भनिन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ