काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशित गरेको छ। गत चैत १५ गतेदेखि सुरु भएको एसईईमा नियमिततर्फ ४ लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी भएका थिए। परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए।
उनका अनुसार ५२.१४ प्रतिशत विद्यार्थीले एनजी अर्थात हाल अनुर्तिण भएका छन्। नियमिततर्फ दुई लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै उत्तीर्ण भएका हुन्। ननग्रेटमा २ लाख ४२ हजार ३१३ जना रहेका छन्। एसईई को ग्रेड वृद्धि परीक्षा साउन १८ र १९ गते हुने भएको छ । आज सार्वजनिक भएको नतिजा अनुसार दुई लाख ४२ हजार विद्यार्थीको एनजी (नन ग्रेडेड) आएको छ ।
जसमा दुई विषयमा एनजी आएका विद्यार्थीहरूले साउन १८ गते र १९ गते हुने परीक्षामार्फत ग्रेड वृद्धि परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले बताए । एक लाख १५ हजार ८३४ जनाले मौका परीक्षा दिन पाउने बोर्डले जनाएको छ । जसमा ४८ हजार ३८ विद्यार्थीको एक विषयमा एनजी आएको छ भने ६७ हजार ८०० विद्यार्थी दुई विषयमा एनजी आएको छ ।
आज प्रकाशित भएको परीक्षाफल www.see.gov.np, www.neb.gov.np, www.see.ntc.net.np लगायतका वेवसाइटमा हेर्न सकिन्छ।
नेपाल टेलिकमको १६०० मा कल गरेर सुन्न सकिन्छ भने एसएमएस गर्दा SEE SYMBOL NUMBER (उदाहरणका लागि, SEE 1234567A ) टाइप गरेर १६०० मा पठाउन सकिन्छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


