Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

वायु प्रदूषणका कारण मृत्यु हुनेको संख्या बढ्यो


ग्लोबल पाना
शुक्रबार, असार १४ २०८१
  • 436
    SHARES

  • images
    वायु प्रदूषणका कारण मृत्यु हुनेको संख्या बढ्यो

    वायु प्रदूषणका कारण मृत्यु हुनेको संख्या बढ्यो, प्रदूषण रोकथामको लागि तत्काल राष्ट्रिय कार्य योजना लागु गर्न जरुरी

    काठमाडौं, १२ असारः स्टेट अफ ग्लोवल एयर २०२४ नामक रिपोर्ट हालै सार्वजनिक भएको छ । हेल्थ इफेक्ट इन्ष्टिच्यूट एवम् हेल्थ मेट्रिक्स एण्ड इभ्यालुएसन नामक संस्थाले यूनिसेफसँगको सहकार्यमा यो प्रतिवेदन सार्वजनिक गरेको हो । स्टेट अफ ग्लोबल एयरको उक्त प्रतिवेदनले २०२१ मा विश्वमा वायु प्रदूषणका कारण ८१ लाख मानिसको मृत्यु भएको तथ्य प्रस्तुत गरेको छ । सन् २०१९ मा करीब ७२ लाख मानिसको मृत्यु वायु प्रदूषणका कारण भएको उल्लेख गरिएको थियो । वायु प्रदूषणका कारण नेपालमा सन् २०२१ मा ४८, ५०० मानिसको मृत्यू भएको तथ्यांक प्रतिवेदनमा उल्लेख गरिएको छ । सन् २०१९ को प्रतिवेदनमा यो संख्या ४२, १०० थियो ।

    images
    images
    images

    विश्वभरी वायु प्रदूषणका कारण मृत्यु हुने मध्ये पि.एम २.५ अर्थात धुलो धँुवामा मिसिएका विषाक्त वायुका कारण ५८%, मृत्यु घरभित्रको प्रदूषणका कारण ३८% र ओजोनको कारण ६% को मृत्यु भएको तथ्य रिपोर्टमा उल्लेख छ । विश्वभरी उच्च रक्क्तचापपछि वायु प्रदूषण नै मानव स्वास्थ्यमा जोखिम बढाउने तत्व भएको कुरा उल्लेख छ । वायु प्रदूषणको उच्च जोखिममा दक्षिण एशियाली र अफ्रिकन मुलुकहरु रहेका छन् ।

    संयुक्त राष्ट्र संघको साधारण सभाले स्वच्छ हावा, स्वास्थ्य र दिगो वातावरणलाई मानव अधिकारको रुपमा स्वीकार गरेको छ । यसैगरी नेपालको संविधानको धारा ३० ले “स्वस्थ र स्वच्छ हावा” नागरीकको मौलिक हकको रुपममा व्यवस्था गरेको छ । यद्यपि, यी प्रावधानहरुको कार्यान्वयन हुन सकेको छैन ।

    वायु प्रदूषणको मुख्य कारण मध्ये जिवाष्म इन्धन (Fossil fuel) र जैविक इन्धन (Biomass) को अधिकतम् प्रयोग हुन् । यी बाहेक खुल्ला फोहोर बाल्ने, फोहोरको व्यवस्थापन नहुनु, कृषि अवशेषको जलन, वन डढेलो, विषादीको उच्च प्रयोग वायु प्रदूषणका कारण हुन् ।

    वायु प्रदूषणका कारण बालबालिका, ज्येष्ठ नागरीक, दिर्घ रोगीहरु, महिला आदि बढी जोखीममा रहेका छन् । यसले शिक्षा, स्वास्थ्य, श्रम र उत्पादन क्षेत्रमा ह्रास ल्याउने प्रतिवेदनमा उल्लेख छ ।

    यस परिस्थितीमा तपशिलमा उल्लेखित संघ संस्थाहरु नेपाल सरकार वन तथा वातावरण मन्त्रालय, वातावरण विभाग एवं प्रदेश र स्थानीय सरकारहरुसंग तत्काल निम्न कार्य माग गरिएको छ ।

    १) वायु प्रदूषण एक वातावरणीय स्वास्थ्य जोखिमको विषय भएकोले वायु प्रदूषण नियन्त्रण र व्यवस्थापनको लागि राष्ट्रिय कार्ययोजना तयार गरी लागु गरियोस्  ।

    २) वायु प्रदूषण गर्ने उद्योग, कलकारखाना, मोटर गाडी लगायत प्रदुषण गर्ने निकायमाथि निगरानी तथा अनुगमन गरी उचित कारबाहीको व्यवस्था गरियोस्  ।

    ३. वायु प्रदूषणका कारण बालबालिका, ज्येष्ठ नागरीक, गर्भवती महिला दिर्घ रोगीहरुमा बढी असर हुने भएको हुदा प्रदूषणबाट बच्न सक्ने वैकल्पिक व्यवस्था गरी उनीहरुको वातावरणीय मानव अधिकार सुरक्षित गरियोस्  ।

    ४) वायु प्रदूषणसँग सम्बन्धित ऐन, कानुन, मापदण्ड, कार्यबिधि एवं योजनाहरु समय सापेक्ष वनाउन तत्काल पुनरावलोकन गरी संशोधन गरियोस्  ।

    ५) वन डढेलोका कारण यस वर्ष ५ हजार ठाँउमा वन डढेलो लाग्यो । यसवाट सामाजिक, आर्थिक, र वातावरणमा अपुरणीय क्षति भयो । वन डढेलो नियन्त्रण र व्यवस्थापनमार्फत वायु प्रदूषण रोकथामको लागि राष्ट्रिय कार्ययोजना तयार गरी लागु गरियोस्  ।

    ६) काठमाडौँ उपत्यकाको फोहोर बञ्चरे डाँडामा लगि फाल्ने गरिएको छ । यस कार्यले नुवाकोट तथा धादिङका त्यस क्षेत्रका वासिन्दाको स्वच्छ हावामा बाँच्न पाउने अधिकारमा कुठाराघात भएको छ । संघीय सरकार एवं काठमाडौँ उपत्यकाका सवै नगरपालिकाले वैकल्पिक योजना तयार गरी उपत्यकाको फोहोर आफै व्यवस्थापन गर्ने प्रतिबद्धता गरियोस्  ।

    ७) वायु प्रदूषणबारे विद्यालय, समुदायस्तर, सामुदायिक संघ-संस्था एंव मिडियामार्फत व्यापक बहसमा ल्याइ नागरिक स्तरमा जानकारी गरियोस्  ।

    ८) अन्त्यमा वायु प्रदूषण विरुद्धको नागरिक अभियानमा जोडिन एंव Clean Air Network Nepal (CANN) को अभियानमा सबै व्यक्ति तथा संघ-संस्थालाई आव्हान गर्दछौँ ।

    थप जानकारीको लागि, कृपया यहाँ State of Global Air Report 2024 को पूरा प्रतिवेदन हेर्नुहोस्। । 
     
    क्लीन एयर नेटवर्क नेपाल (CANN) २००४ मा गठन भएको थियो जसले नेपालमा वायु प्रदूषण समस्यालाई समाधान गर्न सबै सम्बन्धित पक्षहरू बीच सहकार्य र नेटवर्किङलाई प्रोत्साहन गर्दछ । CANN व्यक्तिहरू, विज्ञहरू, राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संगठनहरू, सरकारी संगठनहरू र स्वच्छ वायु व्यवसायमा संलग्न निजी क्षेत्रको अर्ध-औपचारिक नेटवर्कको रूपमा काम गर्दछ । CANN एशियाली शहरहरूको लागि क्लीन एयर इनिसिएटिव (CAI-Asia) को स्थानीय देश नेटवर्कको रूपमा काम गरिरहेको छ जुन एशियाली शहरहरूमा वायु गुणस्तर व्यवस्थापन AQM सुधार गर्न प्रतिबद्ध संस्था र व्यक्तिहरूको बहु-हितधारक नेटवर्क हो । Clean Energy Nepal (CEN) हाल CANN को सचिवालय हो ।

    तलका संस्थाहरू CANN सँग आबद्ध र समर्थन गर्ने निकायहरु हुन् :

    स्वच्छ उर्जा नेपाल (CEN)    
    वातावरण र जनस्वास्थ्य संस्था (ENPHO)  
    राष्ट्रिय जनवकालत मंच, नेपाल 
    युवा वकालत मंच, नेपाल (YAN) 
    जलवायुका लागि नेपाली युवा (NYCA) 
    चाँगुनारायण नगरस्तरीय स्वच्छ हावा संजाल 
    नगरस्तरीय स्वच्छ वातावरण नागरिक समाज, ललितपुर 
    चन्द्रागिरी नगरस्तरीय स्वच्छ वातावरण प्रर्वधन नागरिक, संजाल 
    काठमाडौँ वायु गुणस्तर व्यवस्थापन नागरिक समाज, संजाल
    स्वच्छ हावा नागरिक समाज, शंखरापुर
    वातवरण संरक्षण नागरिक समाज,कीर्तिपुर

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ