Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

दुई ठूला प्रतिस्पर्धी दल कांग्रेस-एमालेको छैटौं पटक सत्ता सहयात्रा


ग्लोबल पाना
मंगलबार, असार १८ २०८१
  • 425
    SHARES

  • images
    दुई ठूला प्रतिस्पर्धी दल कांग्रेस-एमालेको छैटौं पटक सत्ता सहयात्रा

    काठमाडौं। नेपाली राजनीतिका दुई समान प्रतिस्पर्धी दल कांग्रेस एमालेले सोमबार देखि औपचारिक रुपमा सत्ता सहकार्य गर्ने सहमति गरेका छन्। हालकै सत्ता गठबन्धनमा रहेको एमालेले कांग्रेसससँगै सहयात्रा थालेपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने निश्चित छ। तथापि अहिलेसम्म औपचारिक रुपमा सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लिइसकेको छैन।

    images
    images
    images

    नयाँ गठबन्धनमा सामेल भएको एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमान्त्रीले सदनमा विश्वासको मतको सामना गर्ने बताइसकेका छन्। माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले आज पार्टी पदाधिकारीको बैठक बसालेर संसदमा विश्वासको मतको सामना गर्ने जानकारी गराएका छन्।

    नेपाली राजनीतिमा दुई प्रतिस्पर्धी ठूला दलको सहकार्यले साना दलको बार्गेनिङ पावर र सत्ता राजनीतिमा हालिमुहालीको अन्त्य गरेपको छ भने प्रतिस्पर्धी दलको सत्तायात्राले प्रतिस्पर्धासँगै सहयात्रामा जोड दिएको छ ।

    सोमबार कांग्रेस एमालेका नेताहरुले सत्ता सहयात्राका लागि केही साझान एजेण्डा पनि तय गरेका छन्। केही संवैधानिक प्रावधान संशोधन गर्ने बारेमा पनि दुई दलबीच सहमति भएको छ।

    नेपालको राजनीतिको विषम परिस्थितिमा कांग्रेस एमालेबीच सहकार्य हुँदै आएको छ। बहुदलीय व्यवस्थाको आगमन पछि कांग्रेस एमालेको सहकार्य यस अघि ६ पटक सत्ता सहयात्रा भइसकेको छ।

    २०४७ सालमा बहुदलीय व्यवस्था पुर्नस्थापना पछि २०५५ सालमा कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा एमाले सहभागी भएको थियो।

    कांग्रेसको कोइराला सरकारमा पहिलोपटक सहभागिता जनाएको एमाले त्यसयता २०६१ मा नेपाली कांग्रेस विभाजित भएर शेरबहादुर देउवा को नेतृत्वमा गठित कांग्रेस प्रजातान्त्रिकसहितको सरकारमा सामेल भएको थियो।

    २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिएपछि संयुक्त जनआन्दोलनमा संयुक्त रुपमा कांग्रेस एमालेसहित अन्य पाँच दल उत्रिएका थिए।

    जनआन्दोलन सफल भएर संसद पुनस्र्थपना पछि २०६३ मा कोइरालाकै नेतृत्वमा कांग्रेस एमालेको संयुक्त सरकार बनेको थियो। सोही सरकारले माओवादी शान्तिप्रक्रियामा ल्याउँदै केही समय पछि माओवादीलाई पनि सामेल गराइएको थियो।

    २०६४ को पहिलो संविधान सभाको निर्वाचनमा अत्यधिक सिट सहित माओवादीको संसदमा प्रवेश भएपछि कांग्रेस प्रतिपक्षमा बस्यो भने एमाले माओवादीको संयुक्त सरकार बनेको थियो।

    तत्कालीन सेनापति रुक्मांगत कटुवालको बर्खास्ती प्रकरणले प्रधानमन्त्री रहेका माओवादी अध्यक्ष प्रचण्ड ९ महिनामै सरकारबाट बाहिरिएको थिए। त्यस पछि फेरि कांग्रेस एमालेबीच सहकार्यको सुरुवात भएको थियो।

    हाल एकीकृत समाजवादीका अध्यक्ष रहेका तत्कालीन एमाले नेता माधवकुमार नेपाल नेतृत्वको सरकारमा कांग्रेस सहभागी भएर करिब १८ महिना सरकारमा सामेल भएको थियो।

    पहिलो संविधानसभा २०६९ मा विघटन भएपछि केही समय सर्वोच्च्का प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्व गैरदलीय सरकार बनेको थियो। दोस्रो संविधानसभाको निर्वाचन गर्न गठित रेग्मी नेतृत्वको मन्त्रिपरिषदले २०७० मा संविधान सभाको दोस्रो निर्वाचन सम्पाँ गरेको थियो।

    दोस्रो संविधानसभाको मतपरिणाम पछि फेरि कांग्रेस एमाले सहकार्यको थालनी भएको थियो। तत्कालीन कांग्रेस सभापति सुशील कोइराल नेतृत्वको सरकारमा एमाले महत्वपूणर् मन्त्रालय लिएर सहभागी भएको थियो।

    कोइराला नेतृत्वकै सरकारको पालामा २०७२ असोज ३ गते नेपालको छैटौं संविधान जारी भएको थियो।त्यसपछि माओवादीसँग आलोपालो सत्ता सहकार्य गरेको थियो। २०७४ को निर्वाचनले मुलुकमा वामपन्थी सहकार्यको याम केही समय चलेपछि कांग्रेस सरकारमा सहभागिताबाट विमुख भएको थियो।

    तथापि वाम सहयात्रा हुँदै गरिएको पार्टी एकता लामो समय टिक्न नसकेर माओवादी एमाले विभाजित हुँदै अन्ततः कांग्रेस सभापति देउवालाई नै प्रधानमन्त्री बन्ने सौभाग्य प्राप्त भएको थियो।

    गत २०७९ को निर्वाचन पछि कांग्रेससहितको चुनावी गठबन्धनबाट निर्वाचनमा होमिएका प्रचण्ड एमालेसँगको सहकार्य गर्दै प्रधानमन्त्री बनेका थिए। पछिल्लो प्रचण्डको गडबन्धन बदलावले एमाले, कांग्रेस हुँदै पुनः एमालेसम्ग सहयात्रा गर्दै सत्तायात्रा गरेका थिए।

    सोमबार कांग्रेस एमालेको सहयात्राले उनको सत्तायात्रा अब अवरुद्ध भएको छ। दुई ठूला दलको सहयात्रा पछि प्रचण्ड सरकारबाट बाहिरिने निश्चित भएको छ।
    यद्यपि उनले विश्वासको मत सामना गर्ने तयारी गरेपछि नाँ गठबन्धनको सरकार गठनमा केही दिन बिलम्ब हुने देखिएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ