Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

नयाँ पुस्तालाई देशभित्रै टिकाउन हाम्रो मुख्य चुनौती हो : आरजु देउवा


ग्लोबल पाना
बिहीबार , असार २० २०८१
  • 520
    SHARES

  • images
    नयाँ पुस्तालाई देशभित्रै टिकाउन हाम्रो मुख्य चुनौती हो : आरजु देउवा

    काठमाडौं । नेपाली कांग्रेसकी नेतृ डा.आरजु राणा देउवाले यतिबेला नयाँ पुस्तालाई देशभित्रै टिकाउन ठूलो चुनौती रहेको औंल्याएकी छिन् । उनले सबै मिलेर चुनौतीहरुको सामना गर्दै नेपाललाई समृद्ध, शान्त र प्रगतिशील राष्ट्रका रुपमा विकास गर्नका लागि हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताइन ।

    images
    images
    images

    स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू), शंकरदेव क्याम्पसले आयोजना गरेको त्रिभुवन विश्वविद्यालय बीबीए कप फुटबल प्रतियोगिताको १६ औं संस्करणको उदघाटन कार्यक्रममा बोल्दै डा.राणाले नयाँ पुस्तालाई स्वदेशमै रोजगारी सिर्जना गर्न पहल गर्नुपर्ने बताइन ।

    उनले भनिन्, ‘अहिलेको नयाँ पुस्तालाई देशभित्रै कसरी टिकाउने भन्ने ठुलो चुनौती छ । हामी सबै मिलेर यस्ता चुनौतीहरुको सामना गर्दै नेपाललाई समृद्ध, शान्त र प्रगतिशील राष्ट्रका रुपमा विकास गर्नका लागि हातेमालो गरेर अगाडि बढ्नुपर्छ ।’ बिहीबार प्रतियोगिताको उद्घाटन खेलमा साबिक विजेता तथा आयोजक शंकरदेव क्याम्पसले केसीएमआईटी कलेजविरुद्ध खेल्दैछ ।

    चन्द एण्ड ब्रदर्स प्रालिको व्यवस्थापनमा हुने प्रतियोगिता सानो गौचरण खेल मैदानमा सुरु भएको हो । प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय अन्तर्गत व्यापार प्रशासनमा स्नातक गरिरहेका विद्यार्थीले मात्र सहभागिता जनाउन पाउँछन् । प्रतियोगितामा २६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । विजेताले एक लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

    हरेक खेलका म्यान अफ द म्याचलाई ट्रफी प्रदान गरिनेछ । सर्वोत्कृष्ट खेलाडी र विधागततर्फ उत्कृष्ट हुने खेलाडीले विशेष पुरस्कार पाउनेछन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ