Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

पोलिसिस्टिक ओभरी सिन्ड्रोममा यी ४ चिज कहिल्यै नखानुहोस्!


ग्लोबल पाना
शुक्रबार, असार २१ २०८१
  • 479
    SHARES

  • images
    पोलिसिस्टिक ओभरी सिन्ड्रोममा यी ४ चिज कहिल्यै नखानुहोस्!

    काठमाडौं। पोलिसिस्टिक ओभरी सिन्ड्रोम अर्थात पिसिओएस भनेको महिलाहरुको अण्डासय (ओभरी) संग जोडिएर आउने एक प्रकारको स्वास्थ्य समस्या हो ।पोलिसिस्टिक ओभरी सिन्ड्रोम महिलाहरूमा हर्मोन गडबडीबाट हुने समस्या हो। जसले महिनावारी र गर्भधारणमा समस्या निम्त्याउँछ। पिसिओएसको सही कारण स्पष्ट छैन तर यो आनुवंशिकी र खराब जीवनशैलीको कारण हुन सक्छ।

    images
    images
    images

    पिसिओएस भएमा महिलाहरुमा अनियमित महिनावारी हुनु अर्थात मासिक भन्दा धेरै वा कम हुनु, अनुहार, पेट र पिठ्युमा अतिरित्त रौं पलाउनु, अत्याधिक कपाल झर्नु, अनुहारमा बारम्बार डन्डिफोर आउनु, -शरीरको तौलमा वृद्धि हुन यसका लक्षणहरु हुन्। यसका साथै गर्भधारणमा समस्या आउनु, मानसिक समस्या डिप्रेसन वा एन्जाइटी देखापर्नु, मधुमेहको जोखिम बढ्नु, यौन स्वास्थ्यमा समस्या आउनु।

    प्रत्येक महिलामा पिसिओएसको संकेत र लक्षणहरु भिन्न हुन सक्छन् र यी लक्षणहरु महिलाको प्रजनन चक्रको आधारमा फरक हुन्छन्। पिसिओएसको प्रमुख कारणहरु पत्ता लागेको छैन। पिसिओएसको कारणहरुमा इन्सिुलिन प्रतिरोधी, उच्च एन्ड्रोजेनको स्चर, अनियमित महिनावारी हुनु आदि तत्वहरुलाई कारक पनि मानिन्छ। पीसीओएसबाट पीडित महिलाले खान नहुने खानेकुराका साथै पीसीओएसको डाइटमा समावेश गर्न सकिने खानेकुराका बारेमा आज हामी बताउँनेछौं।

    पीसीओएसमा के खाने र के नखाने? पीसीओएसबाट पीडित महिलाले बिस्कुट, ताजा फलफूलको जुस, चिया, सेतो रोटी र प्याक गरिएको आलुको चिप्स खानबाट जोगिनुपर्छ । यस बाहेक पीसीओएसमा चिनी, तारेको भूटेको र नुनिलो खानेकुराका साथै कृत्रिम मिठाईको उपभोगबाट बच्नुपर्छ। अन्नको उपभोग नगर्नु महत्त्वपूर्ण  हुन्छ, यस बाहेक फलफूल र तरकारीहरू खानु फाइदाजनक हुन्छ। विशेष गरी महिनावारीको समयमा नुनको मात्रामा ध्यान दिनु आवश्यक छ, तपाईंले आफ्नो आहारमा स्प्राउट्स, ड्राई फ्रुट्स, फ्याटी माछा र बटरमिल्क समावेश गर्नुहोस्।

    अमला र करेला आयुर्वेदिक आहार र उपचारमा लाभदायक साबित हुन्छ। यी खानेकुराले रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्न मद्दत गर्छ । मेथीको पात र तुलसीको पातको सेवनले इन्सुलिनको स्तर कायम राख्न राम्रो प्रभाव देखाउँछ यसको सेवन गर्न सक्नुहुन्छ। दालचीनीको सेवनले मासिक धर्म चक्र र इन्सुलिन प्रतिरोधलाई असर गर्छ।

    पीसीओएसबाट पीडित महिलाहरूमा ओभ्युलेसनमा पनि यसको प्रभाव देखिन्छ। पीसीओएसमा पनि अश्वगन्धाको सेवन लाभदायक हुन्छ। यसले कोर्टिसोल स्तरमा सुधार गर्छ, तनाव कम गर्छ र पीसीओएसको लक्षणहरू कम गर्छ। अशोकको एन्टि-इन्फ्लेमेटरी यौगिकहरूले एन्डोमेट्रियमको मर्मत गर्दछ र एस्ट्रोजेनलाई विनियमित गर्न प्रभावकारी हुन्छ।

    पीसीओएसमा पनि बेसार धेरै लाभदायक साबित हुन्छ। बेसारको इन्फ्लेमेटरी गुणहरूले इन्सुलिन प्रतिरोधमा प्रभाव पार्छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ