Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

सरकार गठनका बिषयमा सदनमा जात्रा देखियो : ज्ञानेन्द्र शाही


ग्लोबल पाना
आइतबार, असार २३ २०८१
  • 458
    SHARES

  • images
    सरकार गठनका बिषयमा सदनमा जात्रा देखियो : ज्ञानेन्द्र शाही

    काठमाडौं। राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले सरकार गठनका बिषयमा सदनमा जात्रा देखिएको बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा शाहीले कांग्रेस-एमालेबीचको सहमतिका बारेमा सदनमा जात्रा देखिएको बताएका हुन्। सरकारमा हुँदा केही नगर्ने, नयाँ समीकरण बन्ने बित्तिकै ठूलै काम गर्ने कुरा तथा एक आपसमा गालीलगौजको श्रृंखला सदनमा देखिएको उनले बताए।

    images
    images
    images

    शाहीले अहिलेको संविधानका कारण मुलुकमा पटक पटक सरकार परिवर्तन हुने अवस्था आएको भन्दै यसलाई संशोधन गर्नुपर्ने बताए। देशका हितमा नरहेका संविधानका बुँदाहरु परिवर्तन गर्न दलहरुलाई कसैले नरोकेको उनले बताए।

    उनले नयाँ दलहरुलाई पुराना दलहरुको बिकल्पमा रुपमा जनताले मत दिएको भन्दै नयाँ दलहरु पद र प्रतिष्ठामा रमाउन थालेको जिकिर गरे। शाहीले जिवि राईलाई पक्राउ गरेर नेपाल ल्याए गृहमन्त्री रवि लामिछानेलाई फुलमाला लगाइदिने बताए।

    त्यस्तै फाइल खोल्ने डरले सरकार परिवर्तन गर्न लागेको गृहमन्त्रीको अभिव्यक्ति प्रति आपत्ति जनाउदै उनले बाँकी रहेको सात दिनभित्र फाइल खोल्न र दोषीलाई पक्राउ गर्न चुनौती दिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ