Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

मोरङको सुन्दरहरैंचामा कुखुरा फार्मभित्र सञ्चालकको हत्या


ग्लोबल पाना
बिहीबार , असार २७ २०८१
  • 382
    SHARES

  • images
    मोरङको सुन्दरहरैंचामा कुखुरा फार्मभित्र सञ्चालकको हत्या

    काठमाडौं। मोरङको सुन्दरहरैँचामा कुखुरा फार्मभित्र सञ्चालकको हत्या भएको छ। बिहीबार बिहान सुन्दरहरैँचा नगरपालिका-९ का ४९ वर्षीय सहदेव बजगाईंको हत्या गरेको अवस्थामा शव फेला परेको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए।

    images
    images
    images

    घरनजिकै कुखुरा फार्म सञ्चालन गर्दै आएका बजगाईंको त्यही फार्मभित्र बिहान करिब साढे १० बजे शव भेटिएको कार्कीले बताए। बजगाईंको टाउको तथा शरीरका अन्य भागमा गहिरो चोट देखिएको छ। घटनास्थलमा रगत लतपतिएको अवस्थामा बन्चरो र दाउरा फेला परेको छ।

    मृतकको शरीरमा बन्चरो र दाउले प्रहार गरेजस्तो चोट देखिएको कार्कीले बताए।

    बजगाईंको खुकुरा फार्ममा काम गर्न श्रीमान-श्रीमती बस्दै आएका थिए। घटनापछि दुबै जना फरार छन्। उनीहरूको खोजी भइरहेको कार्कीले बताए।

    मृतकको शव पोष्टमार्टमका लागि अस्पताल पठाएर घटनाको अनुसन्धान थालिएको कार्कीले बताए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ