Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

अर्थ बजारमा सप्लाई, डिमाण्ड र पूँजीगत खर्च घटेको छः अर्थमन्त्री पौडेल


ग्लोबल पाना
बुधबार, साउन २ २०८१
  • 396
    SHARES

  • images
    अर्थ बजारमा सप्लाई, डिमाण्ड र पूँजीगत खर्च घटेको छः अर्थमन्त्री पौडेल

    काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पछिल्लो समय व्यापार सबै घटेको बताएका छन् । बुधबार (आज) नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलको भेटर्वातामा उनले सबै पूँजीगत खर्च घटेको बताएका हुन् । मन्त्री पौडेलले सप्लाई, डिमाण्ड र अन्य धेरै वस्तुको आयात निर्यात घटेको बताए ।

    images
    images
    images

    महासंघका प्रतिनिधिमण्डलसँग कुरा गर्दै उनले  भने, ‘केहीदिन यता सप्लाई, डिमाण्ड, प्रोडक्सन, पूँजीगत खर्च घटेको छ, सबै वस्तु घटेको घटे छ, हामीले हाम्रो उद्योगलाई अगाडि बढाउन सरकार अभिभावकको भूमिकामा छ, समस्या सुन्छ र  समाधान पनि गर्छ । आफ्ना पेसा व्यवसायमा सजिलै लाग्नुहोस्, र आफ्नो  पेसा व्यवसायबाट राष्ट्र निर्माणमा सहयोग गर्नुहोस् । तपाईंहरू पनि सफल उद्योगी बन्नुहोस् । ’


    यस्तै, उनले पूँजीगत खर्च बढाउन निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्ने बताए । मन्त्री पौडेलले अर्थतन्त्रमा टुटेको मनोवललाई जोगाउन नसके कुनै पनि समस्याको समाधान नहुँने बताए ।

    मानिसहरूको टुटेको मनोवललाई जोड्नुपर्ने दाबी गर्दै जनताको सरकारप्रतिको यो विश्वास टुट्न नदिने बताए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ