Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

एकीकृत समाजवादीका अध्यक्ष नेपाल डिस्चार्ज


ग्लोबल पाना
शुक्रबार, पुस ८ २०७९
  • 230
    SHARES

  • images
    एकीकृत समाजवादीका अध्यक्ष नेपाल डिस्चार्ज

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अस्पतालबाट डिस्चार्ज भएका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत रहनुभएका नेता नेपालको स्वास्थ्यमा सुधार आएपछि आज डिस्चार्ज भएका उनको उपचारमा संलग्न डा सन्तकुमार दासले जानकारी दिए ।

    images
    images
    images

    उनका अनुसार नेता नेपालमा अहिले ज्वरो नरहेको, श्वासप्रश्वास गर्दा अक्सिजन लगाउन नपरेको र खाना राम्रैसँग खाइरहेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपाल निमोनिया भएपछि यही पुस ५ गते अस्पताल भर्ना भएका थिए ।

    स्वास्थ्यमा सुधार देखिन थालेपछि नेता नेपाल हिजो पुस ७ गते नयाँ बानेश्वरस्थित संसद् भवनमा शपथग्रहण समारोहमा सहभागी हुनाका साथै हिजै बेलुका प्रधानमन्त्री निवास बालुवाटार सत्ता गठबन्धनको बैठकमा सहभागी भएका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ