Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

पोखरामा स्कुल बस दुर्घटनामा १ जनाको मृत्यु, २९ जना घाइते


ग्लोबल पाना
सोमबार, साउन १४ २०८१
  • 355
    SHARES

  • images
    पोखरामा स्कुल बस दुर्घटनामा १ जनाको मृत्यु, २९ जना घाइते

    काठमाडौं। विद्यार्थी बोकेको बस दुर्घटना हुँदा पोखरामा एक जनाको निधन भएको छ। सोमबार बिहान पोखरा २१ बाट विद्यार्थी बोकेर पोखरा १७ मा रहेको एलपी देवकोटा विद्यालयतर्फ आउँदै गरेको बस दुर्घटनामा परेको थियो।

    images
    images
    images

    मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी आरती विक रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर २९ जना घाइते भएका छन् ।

    पोखरा २१ स्थित मट्टिखान जाने सडकको थुन्कु भन्ने ठाउँमा दुर्घटनामा हुँदा चालक, सहचालकसहित ३० जना घाइते भएका थिए। यद्यपी कास्की प्रहरीले यसअघि बसमा सवार २२ विद्यार्थीसहित २४ जना भएको बताएको थियो।

    अन्य घाइतेको पोखराका तीन अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार पोखराको गण्डकी मेडिकल कलेज, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ