Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

वायनाडमा पहिरोमा परी मृत्यु हुनेको संख्या १४४ पुग्यो


ग्लोबल पाना
बुधबार, साउन १६ २०८१
  • 353
    SHARES

  • images
    वायनाडमा पहिरोमा परी मृत्यु हुनेको संख्या १४४ पुग्यो

    काठमाडौं । वायनाडमा सोमबार र मंगलबारको मध्यरातमा आएको पहिरोमा परी अहिलेसम्म १४४ जनाको मृत्यु भएको छ । मुख्यमन्त्री कार्यालयका एक अधिकारीले बीबीसीलाई भनेअनुसार अहिलेसम्म मेप्पडीमा ९० र निलाम्बुरमा ३२ जनाको मृत्यु भएको छ।

    images
    images
    images

    घाइते १९२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उद्दार टोली गम्भीर प्रभावित क्षेत्रमा पुग्न नसक्दा बेपत्ताको संख्या ९८ पुगेको छ ।

    बाल कल्याण समितिका सदस्य विपिन चेम्बाथकाराले बीबीसीलाई भने “मापिडको चिया बगानमा कति मानिस बस्दै आएका थिए भन्ने हामीलाई थाहा छैन। मेप्पडीमा अन्य प्रदेशका धेरै मानिसहरु पनि काम गर्छन्। यस दुर्घटनाबाट पर्यटक पनि प्रभावित भएको महसुस गरेका छौं ।”

    उनले मेप्पडीस्थित शिविरमा १५० बालबालिकालाई अन्य व्यक्तिसहित राखिएको बताए । बालबालिकालाई मनोवैज्ञानिक सहयोग पनि दिइन्छ ।

    यसैबीच केरला मन्त्रिपरिषद्ले दुर्घटनापछिको अवस्थाबारे बुधबार बिहान बैठक बस्दैछ । यसपछि मुख्यमन्त्री पिनाराई विजयनले उद्धार कार्यको समीक्षा बैठक पनि गर्ने छन् ।

    सोमबार र मङ्गलबार राति १ बजेदेखि ४ बजेको बीचमा तीनवटा पहिरोले वायनाडको चुरामाला, मुन्डक्काइ जस्ता क्षेत्रमा ठूलो जनधनको क्षति गरेको थियो।

    मंगलबार राति राहत तथा उद्धार कार्य रोकिएको थियो । एनडीआरएफका टोली कमाण्डर एसआई सञ्जय सोनीले बुधबार बिहान ७ बजेदेखि उद्धार कार्य सुरु हुने बताएका छन् ।

    वायनाडमा पहिरोको घटनापछि राज्यमा दुई दिने राजकीय शोकको घोषणा गरिएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ