Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

करेलाले युरिक एसिडको प्युरिनलाई गर्छ फिल्टर, हेर्नुहोस् कसरी गर्ने प्रयोग


ग्लोबल पाना
बिहीबार , साउन १७ २०८१
  • 410
    SHARES

  • images
    करेलाले युरिक एसिडको प्युरिनलाई गर्छ फिल्टर, हेर्नुहोस् कसरी गर्ने प्रयोग

    काठमाडौं। आजकल खराब जीवनशैली, गलत खानपान, छिट्टै तौल बढ्नु, मधुमेह र मदिरा सेवनका कारण युरिक एसिड तीव्र गतिमा बढेको छ । शरिरमा युरिक एसिडको मात्रा बढ्दा जोर्नी र हड्डीमा गहिरो पीडा हुन्छ । युरिक एसिडले पछि गठिया जस्ता गम्भीर रोग निम्त्याउँछ। यस्तो अवस्थामा यसलाई कम गर्न सबैभन्दा पहिले आफ्नो जीवनशैली परिवर्तन गर्नुपर्छ ।

    images
    images
    images

    युरिक एसिड नियन्त्रण गर्न आफ्नो आहारमा करेला समावेश गर्नुहोस्। करेलाको प्रयोगले युरिक एसिड मात्र नभई धेरै गम्भीर रोगबाट पनि छुटकारा पाउन सकिन्छ । आउनुहोस्, यस रोगमा करेलाको प्रयोग के-कस्ता तरिकामा गर्न सकिन्छ जानौंरु

    करेला पोषक तत्वको भण्डार हो। औषधीय गुणले भरिपूणर् करेलामा क्याल्सियम, बिटा क्यारोटिन र पोटासियमसँगै आइरन, म्याग्नेसियम, पोटासियम र भिटामिन सी पर्याप्त मात्रामा पाइन्छ।यी पोषकहरूले गाउटसँग लड्न मद्दत गर्छन्। यसको सेवनले युरिक एसिडको प्युरिन सजिलै पिसाबको माध्यमबाट बाहिर निस्कन्छ ।

    यस्तो अवस्थामा करेलाको जुस युरिक एसिड नियन्त्रण गर्न निकै फाइदाजनक हुन्छ । तर, यदि तपाईं जुस पिउन सक्षम हुनुहुन्न भने, तपाईं यसलाई आफ्नो आहारमा धेरै तरिकामा समावेश गर्न सक्नुहुन्छ।करेलामा भिटामिन सी र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ, जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि मद्दत गर्छ ।

    करेला यी रोगमा पनि फाइदाजनकः
    करेलाको सेवन मधुमेहका बिरामीका लागि फाइदाजनक हुन्छ । यसका साथै यो तरकारीले क्यान्सरको जोखिम पनि कम गर्छ । यसले खराब कोलेस्ट्रोललाई पनि नियन्त्रण गर्छ । यसले कलेजोको कार्यप्रणाली सुधार्न र छालाको समस्या हटाउन मद्दत गर्छ।

    करेला यसरी प्रयोग गर्नुहोस्ः
    आफ्नो आहारमा करेला समावेश गर्नाले तपाईको स्वास्थ्यलाई धेरै फाइदा हुन्छ। करेलाको रस निकालेर बिहान खाली पेटमा पिउनुहोस् । यदि तपाइँ जुस पिउनु हुन्न भने, तपाइँ आफ्नो आहारमा करेलालाई अन्य तरकारीहरूसँग रोस्ट गरेर वा सूप र स्ट्युमा थपेर समावेश गर्न सक्नुहुन्छ। तातो पानीमा सुकेको करेलाको टुक्रा भिजाएर चिया बनाउनुहोस्, जसले युरिक एसिडको मात्रा घटाउन मद्दत गर्छ। डाक्टरको सल्लाह लिएर करेलाको क्याप्सुल वा सप्लिमेन्ट पनि खान सक्नुहुन्छ

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ