Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

असिमित ज्ञान र विचारले मानिसको जीवन फराकिलो बनाउँछ : मन्त्री भट्टराई


ग्लोबल पाना
शुक्रबार, साउन १८ २०८१
  • 390
    SHARES

  • images
    असिमित ज्ञान र विचारले मानिसको जीवन फराकिलो बनाउँछ : मन्त्री भट्टराई

    काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले असिमित ज्ञान र विचारहरुलाई एक ठाउँमा जोड्नसके हरेक मानिसको जीवन फराकिलो हुने बताउनु भएको छ । यसका लागि असिमित ज्ञान उपलब्ध गराउन सरकारको भूमिका प्रभावकारी हुनुपर्ने पनि बताउनु भयो ।

    images
    images
    images

    शुक्रबार काठमाडौंमा आयोजित किताब जात्राको छैटौं संस्करणको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले किताब जात्राले ज्ञानको दायरा फराकिलो बनाउने धारणा राख्दै यस्तो अभियानलाई अगाडि बढाउनु सरकारको पनि दायित्व रहेको बताउनु भयो ।

    उहाँले भन्नुभयो,‘सिमित ज्ञानले मानिसको सोचाइलाई सिमित बनाउँछ । जति असिमित ज्ञान र विचारहरुलाई एक ठाउँमा जोड्न सक्छौ, त्यसले हरेक मानिसको जीवनलाई फराकिलो बनाउँछ । यस्ता अभियानलाई अगाडि बढाउनु सरकारको पनि दायित्व हो । एउटा व्यक्तिले आफ्नो ज्ञानलाई फराकिलो बनाउँछु भन्दा राज्य र सरकारले त्यो उपलब्ध गराउनुपर्ने दायित्व हो । त्यसमा लाग्ने प्रतिवद्धता पनि जनाउँछु । ’

    उहाँले केही कमाईदैं कमाईदैन भने किन पढ्न ? भन्ने भाष्य निर्माण भइरहेको भन्दै उनले स्थापित मान्यतालाई नयाँ ढंगले परिस्कृत गर्न किताब जात्रा कार्यक्रमले सहयोग गर्ने विश्वास व्यक्त गर्नु भयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ