Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

जिल्ला समन्वयलाई प्रभाबकारी बनाउन जरुरी : शिक्षा मन्त्री भट्टराई


ग्लोबल पाना
आइतबार, साउन २० २०८१
  • 305
    SHARES

  • images
    जिल्ला समन्वयलाई प्रभाबकारी बनाउन जरुरी : शिक्षा मन्त्री भट्टराई

    साउन २०, पोखरा । जिल्ला समन्वय समिति कास्कीले आफ्नो सातौं  स्थापना दिवस मनाएको छ। कार्यक्रमको नेपाल सरकारका शिक्षा, बिज्ञान तथा प्रबिधी मन्त्री बिद्या भट्टराईले उद्घाटन गर्नुभएको थियो। मन्त्री भट्टराईले  जिल्ला समन्वय समितिका काम थप प्रभाबकारी बनाउन आफ्नो तवरबाट प्रयत्नशिल रहने भन्दै नितिगत अप्ठ्यारो हटाउन सरकारको ध्यानाकर्षण गराउने उल्लेख गर्नुभयो।

    images
    images
    images

    बिकास निर्माणलाई उत्कृष्ट बनाउन  जिल्ला समन्वय समिति  अति आबश्यक भएको भन्दै आबश्यक ऎन, कानुन, नीति निर्माणमा आफ्नो ध्यानाकर्षण भएको भन्दै सरोकारवाला मन्त्रालयलाई जानकारी गराउने उल्लेख गर्नुभयो। उहाँले शिक्षा क्षेत्रका दसकौ देखिका बिकृती समाधान गर्ने गरि आफ्नो तर्फबाट नितिगत ब्यबस्था बनाउदै शिक्षालाइ राज्यको दायित्व हो भनेर कार्यान्वयन गर्ने बाताबरण सृजनामा लाग्ने उल्लेख गर्नुभयो।

    प्रस्तावित शिक्षा ऎनलाई परिमार्जन सहित जारी गर्ने संकेत गर्दै मन्त्री भट्टराईले ऎनको प्रभावकारी कार्यान्वयन मार्फत समस्या समाधानमा केन्द्रित हुने उल्लेख्य गर्नुभयो। शिक्षामा हाम्रो होइन  राम्रो मान्छेले नेतृत्व गर्ने परिपाटी बसाल्ने भन्दै मन्त्री भट्टराईले हाम्रा बिश्वबिद्धालय र शिक्षा  सक्षम र सबल छ्न भन्ने सन्देश निर्माणमा लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। जिसस कास्की प्रमुख लिलाधार पौडेलले संबैधानिक ब्यबस्था अनुसार थप मजबुत कार्य  सम्पादनमा कानुन अभाब महत्त्वपूर्ण अप्ठ्यारो भएको उल्लेख्य गर्दै यस बारेमा  संघ र प्रदेश सरकारको पटकपटक ध्यानाकर्षण गराएको उल्लेख गर्नुभयो। संविधानमा विद्यमान  ब्यबस्थाबाट उत्कृष्ट कार्य सम्पादनमा आफुहरू प्रयत्नशील रहेको उहाँको भनाइ थियो।

    कार्यक्रममा संघीयतामा जिल्ला समन्वय समितिको भुमिका बिषयक कार्यपत्र प्रस्तुत गर्दै अधिबक्ता गिरिधारी सुबेदिले संघीयको प्रभाबशाली बनाउन जिसस लाई बलियो अनुगमनकारी र नियामक निकायको रूपमा स्थापित गर्नुपर्ने संघ सरकार र प्रदेशले संविधान बमोजिम बनाउनु पर्ने कानुन नबनाउदा जिसस को काम प्रभाबकारी हुन नसकेको उल्लेख गरे। जिसस कास्कीले सो अबशरमा जिल्लाका उत्कृष्ट कर्मचारी तथा एसइइ परिक्षामा उत्कृष्ट हुने विद्यार्थी, बिद्यालयहरूलाइ नगद र कदरपत्रले सम्मान समेत गरेको छ।

    सम्मानित हुने कर्मचारीहरूमा अन्नपूर्ण गाउँपालिकाका कार्यालय सहयोगी ओम प्रसाद अधिकारी, रूपा गाउँपालिकाका लेखापाल लेखनाथ अधिकारी, मादीका जनस्वास्थ्य अधिकृत गोपालचन्द्र बराल,पोखरा महानगरका शाखा अधिकृत खुमलाल लामिछने,माछापुच्छ्रेका कार्यालय सहयोगी इश्वरी रानाभाट, बिद्यार्थी तर्फ अन्नपूर्णका प्रबिण कुवर, माछापुच्छ्रेका पर्बत दाहाल र सौगात रेग्मी,मादिका रेजिना बिश्वकर्मा ,रूपाका आभार पौडेल पोखराका अनन्या गौतम र निलिमा रेग्मी, बिद्यालय तर्फ अन्नपूर्ण गाउँपालिकाबाट सृजना मा बि, माछापुच्छ्रेबाट माछापुच्छ्रे मा बि,मादिबाट ध्रुब मा बि रूपाबाट बिश्वशान्ती मा बि पोखराबाट बिन्ध्यबासिनी मा बि सम्मानित भएका छन।

    सो कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, जिसस महासंघका केन्द्रिय सदस्य  अमर बहादुर थापा गाउँपालिका महासंघ गण्डकीका अध्यक्ष नवराज ओझा, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे ,जिसस कास्कीका पूर्ब प्रमुख तथा नेकपा ( एमाले ) कास्कीका अध्यक्ष बैन बहादुर अधिकारी, कास्कीका पूर्ब जिबिस सभापति  पुण्य प्रसाद पौडेल,  नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता तिमिल्सिना,जनता समाजबादी पार्टी कास्कीका अध्यक्ष हर्क बहादुर गुरुङ, नेकपा  समाजबादी कास्कीका अध्यक्ष खड्ग हमाल विभिन्न राजनितीक दलका प्रमुख तथा प्रतिनिधिहरूले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो ।

    जिसस कास्कीका प्रमुख लिलाधार पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उप -प्रमुख सरिता मालले स्वागत र संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गर्नुभएको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ