Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

निराशा बढेपछि केही गर्नैैका लागि कांग्रेस एमाले मिलेर सरकार बनेको हो : उपप्रधानमन्त्री सिंह


ग्लोबल पाना
मंगलबार, साउन २२ २०८१
  • 251
    SHARES

  • images
    निराशा बढेपछि केही गर्नैैका लागि कांग्रेस एमाले मिलेर सरकार बनेको हो : उपप्रधानमन्त्री सिंह

    काठमाडौं। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले केही गर्नकै लागि संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन भएको बताएका छन्। मंगलबार मन्त्रालयमा सञ्चारकर्मीहरुसँगको अनौपचारिक भेटघाटका क्रममा मन्त्री सिंहले यस्तो बताएका हुन्। उनले सरकारमा जानका लागि मात्र यो सरकार नबनेको पनि बताए।

    images
    images
    images

    ‘आशा निराशामा परिणत हुँदै गइरहेको कारणले गर्दा संसदको सबैभन्दा ठूलो र दोस्रो ठुलो दल मिलेर सरकार गठन गरेको कुरा तपाईंहरुलार्ई थाहा नै छ। सरकारमा जानका लागि मात्र यो गठबन्धन बनेको होइन,’ उपप्रधानमन्त्री सिंहले भने,‘संसदमा सम्माननीय प्रधानमन्त्रीज्यूले यो सरकारको औचित्यका बारेमा धेरै कुरा बताइसक्नुभएको छ। सरकारले केही न केही त गर्नैपर्यो भन्ने यसको राजनीतिक सन्देश हो।’

    त्यस्तै उपप्रधानमन्त्री सिंहले शहरी विकास मन्त्रालयले शहरलाई बस्न योग्य बनाउनका लागि गर्नुपर्ने काममा विशेष ध्यान दिने पनि बताए। शहरी विकास मन्त्रालयको कामकारवाहीलाई प्रभावकारी बनाउनका लागि मन्त्रालयले काम गरिररहेको उहाँको भनाइ थियो।

    देशैभरका शहरमा रहेको कनेक्टिभिका समस्या,फोहोरमैला व्यवस्थापनका समस्या, खुला जग्गाको अभाव लगायतका विषयमा ध्यान दिने भन्दै उनले मन्त्रालयले शहरी विकास र व्यवस्थापनसम्बन्धि नीति आवश्यक्ताअनुसार समायसापेक्ष बनाउने पनि बताए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ