पाेखरा । पोखरामा जारी नेपाल लिट्रेचर फेस्टिबलको ‘पुस्तक र पुस्तकालय’ शीर्षकको सत्रमा वक्ताले पुस्तकालय अझै पनि राज्यको प्राथमिकतामा नपरेको भन्दै चिन्ता व्यक्त गरेका छन् । लाइब्रेरियन इन्दिरा दली, बाल साहित्य लेखक अनुराधा र पुस्तक पारखी जसना गुरुङसँग पत्रकार विमल आचार्यले गरेका छलफलमा चेतनाको स्तर बढाउन पठनसंस्कृति र पुस्तकालयको विशिष्ट योगदान हुने भए पनि पुस्तकालय प्राथमिकतामा पर्न नसकेकोमा चिन्ता व्यक्त गरियो ।
लाइब्रेरियन दलीले नेपालमा पठन संस्कृतिको विकास नभएको र यसप्रति राज्य गम्भीर बन्न नसकेको बताए । भूकम्पपछि राष्ट्रिय पुस्तकालय बनाउनका लागि पटक-पटक मन्त्रालय धाउँदा पनि निराश हुनुपरेको अनुभव उनले सुनाए । नेपालमा सामुदायिक पुस्तकालयको प्रणाली विकास नभएको भन्दै उनले सञ्चालित पुस्तकालय राज्यले बजेट दिएर नभई समुदायको सक्रियतामा खुलेको बताए । अर्का वक्ता गुरुङले बजारमा पुस्तक अत्यधिक महँगो भएका कारण पनि पुस्तकालय स्थापना हुनुपर्ने आवश्यकता ओेेेँल्याए ।
आफूले तलबको केही निश्चित रकम पुस्तक किन्नका लागि छुट्याउने गरेको उनले अनुभव सुनाए । बाल साहित्य लेखक अनुराधाले हाम्रो समाज, शिक्षा प्रणालीले घोक्ने, रट्ने विद्यालाई मात्रै महत्त्व दिएको बताए । पछिल्लो समयमा विद्यालयले पनि कथाका पुस्तकलाई पाठ्यक्रममा राखेर पढाइरहेको भन्दै उनले बाल साहित्यलाई भिटामिनका रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिए ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


