Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

फिस्टेल स्कुल र होक्काइडो युनिभर्सिटीका विद्यार्थीबिच सिकाइ अनुभव आदानप्रदान


ग्लोबल पाना
बिहीबार , साउन २४ २०८१
  • 502
    SHARES

  • images
    फिस्टेल स्कुल र होक्काइडो युनिभर्सिटीका विद्यार्थीबिच सिकाइ अनुभव आदानप्रदान

    पोखरा । पोखरामा रहेको फिस्टेल एकेडेमी माध्यमिक विद्यालय र जापानको होक्काइडो युनिभर्सिटीका विद्यार्थीहरूका बिचमा सिकाइ अनुभव आदानप्रदान भएको छ । फिस्टेल स्कुलको निमन्त्रणामा बुधवार विद्यालयमा आइपुगेका जापानी विद्यार्थीहरू हामार्क, माया, रिको, मोमोका र आयामीले आफ्ना अनुभवहरू प्रस्तुत गरे ।

    images
    images
    images

    फिस्टेल स्कुलका तर्फबाट कक्षा १० देखि १२ सम्मका विभिन्न विद्यार्थीले आफ्ना अनुभवहरू प्रस्तुत गरे । शिक्षाले नै देशलाई समृद्धितर्फ लैजाने भन्दै टोलीकी प्रमुख किमुजोले फिस्टेल स्कुलले आई.बी.पी.वाई.पी. पद्धतिलाई अवलम्बन गरेको तथा प्रोग्रेसिभ स्कुलका रूपमा आफूलाई सञ्चालन गरेकामा खुसी व्यक्त गरिन् ।

    यस किसिमको सिकाइ अनुभव आदानप्रदानबाट दुवै पक्षको सिकाइमा सकारात्मक विकास हुने हुँदा आगामी दिनमा समेत यसले निरन्तरता पाउने कुरामा दुवै पक्षले प्रतिबद्धता व्यक्त गरे ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ