काठमाडौं। आज श्रावण २५ गते शुक्रबार स्नेहाज केयर र नेपाल फार्मर्स एडभाईजरी काउन्सिलले ललितपुरको होटल एलिसमा आयोजना गरेको कार्यशाला गोष्ठीमा स्नेहाज केयरकी संस्थापक अध्यक्ष स्नेहा श्रेष्ठले पशुपन्छीलाई यातना दिने प्रवृति अन्त्य गर्न ऐनको आवश्यकता रहेको बताउनु भयो । नेपालमा जतिसक्दो चाँडो पशु कल्याण ऐन ल्याउन अधिकारकर्मीहरूको माग रहेको थियो । गोष्ठीमा सहभागी सरोकारवालाहरूले जतिसक्दो चाँडो पशु कल्याण ऐन ल्याउन माग गरेका हुन् ।
कार्यक्रममा स्नेहाज केयरकी संस्थापक अध्यक्ष श्रेष्ठले कुकुरलगायत अन्य जनावरलाई यातना दिने प्रवृति अन्त्य गर्न ऐनको अति जरूरी रहेको बताउदै उहाँले भन्नुभयो, ‘संस्कृति र परम्पराको नाममा पशुलाई यातना दिने गरिएको छ। सडकमा यतिकै बेवारिसे छाड्ने गरिएको छ। पशुमाथि हुने यस प्रकारको क्रूरता अन्त्य गर्नको लागि समावेशी र व्यापक पशु कल्याण ऐन चाहिएको छ।’
यस्तै अधिवक्ता पदम बहादुर श्रेष्ठले पशुलाई यातना र प्रताडना गर्ने जोकोहीलाई पनि कम्तिमा पनि २ वर्षदेखि ५ वर्षसम्म सजाँय ऐनमै तोक्नुपर्ने बताउनु भयो । ‘पशुलाई जबरजस्ती पीडा र यातना दिने जोसुकै होस्। त्यस व्यक्ति वा संस्थालाई कम्तीमा २ देखि ५ वर्षसम्मको सजाँय अनिवार्य भनेर ऐनमै तोक्नुपर्छ, उहाँले भन्नुभयो, ‘ यसबाट पशुलगायतका जनावरहरूमाथि न्याय हुन्छ।’
कार्यक्रममा वरिष्ठ पशु चिकित्सक तपेन्द्रप्रसाद बोहराले पशु कल्याणसम्बन्धी कानुन कार्यान्वयनलाई सरकारले द्रूत गतिमा पालना गर्न/गराउनु पर्नेमा जोड दिनु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘ नेपालमा कानुन, ऐन र नियम थुप्रै बनेका छन्। तर कार्यान्वयन निक्कै फिलतो छ। कानुनका कुरा कार्यान्वयन नै मुख्य चुनौती बनिरहेको सन्दर्भमा पशु कल्याण ऐन लाई सकभर विशेष रुपमा लागू हुनेगरी लैजानुपर्छ।’
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले सरकार पशु कल्याण ऐनको मस्यौदा तयार गरी कार्यान्वयन गर्ने प्रक्रियामा गइसकेको बताउनु भयो । ‘हामीसँग पशुमैत्री समाज त छ । यद्यपि, पशुमाथि हुने दुर्व्यवहार पनि उत्तिकै छ,’ उहाँले भन्नुभयो, ‘त्यस्ता गतिविधिहरू रोक्न, हामीलाई पशु कल्याण ऐन चाहिन्छ जसले पशु कल्याण र अधिकारको ग्यारेन्टी गर्ने र दोषीहरूलाई सजाय दिने व्यवस्था गरोस् । यो कार्यान्वयन प्रक्रियामा गइसकेको छ ।’ नेपालमा जनावरप्रति हुने क्रूरता र मापदण्डविपरीत हुने पशु ढुवानी कायमै रहेको भन्दै उनले सरकारले चाँडै यो समस्याको समाधानका लागि कानुनी पहल गर्ने बताए ।
कार्याशाला गोष्ठीमा पशुपन्छीमाथि हुने क्रूरता अन्त्य गर्नको लागि पशु कल्याण ऐन आवश्यक रहेको र यस ऐनबाट पशुलगायतका जनावरहरूमाथि न्याय हुने कुरामा सबैको ध्यान गएको थियो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


