Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

भरतपुर महानगरलाई पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा


ग्लोबल पाना
आइतबार, साउन २७ २०८१
  • 273
    SHARES

  • images
    भरतपुर महानगरलाई पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

    चितवन। भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा गरिएको छ। पूणर् खोप घोषणा गरिएता पनि हरेक बर्ष बालबालिका जन्मने क्रम र खोपको आवश्यकता निरन्तर रहने भएकाले महानगरपालिकाले आज (आइतबार) भरतपुरमा एक कार्यक्रमको आयोजना गरि पूर्ण खोप दिगोपना सुनिश्चिताको घोषणा गरेको हो।

    images
    images
    images

    तत्कालीन स्वास्थ्यमन्त्रीको उपस्थितिमा महानगरलाई २०७४मा पूर्सार्न खोप घोषणा गरिएको थियो । तर, कोभिड-१९ लगायतका समस्याका कारण औपचारिक घोषणा कार्यक्रम गरिएको थिएन्।कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख रेनु दाहालले पूणर् खोप घोषणा गर्ने कार्य भन्दा दिगोपन दिनु महत्वपूणर् विषय भएको उल्लेख गरिन्।

    भरतपुर महानगरपालिका मेडिकल सिटीका रुपमा परिचित भएकाले यसको साख कायम गर्न यस्ता कार्यक्रमहरुले विषेश महत्व राख्ने उनको भनाइ थियो। प्रमुख दाहालले महानगरले एक वडा एक स्वास्थ्य संस्थाको नीति लिइ विभिन्न अभियानहरु सञ्चालन गर्दै आएको बताइन्। आधारभूत स्वास्थ्य सेवा स्थानीय जनताको घर दैलोमा पुर्‍याउने गरी यसअघि मेयर स्वास्थ्य कार्यक्रममार्फत १७ हजार जेष्ठ नागरिकको घरमै पुगी स्वास्थ्य जाँच गरिएको पनि उनले जानकारी दिइन्।

    जिल्ला समवन्य समितिका प्रमुख नारायण प्रसाद अधिकारीले पूणर् खोप दिगोपना सुनिश्चिता घोषणा गराउन काम गर्ने सम्पूणर् सरोकारवाला पक्षलाई धन्यवाद ज्ञापन गरे।उनले पूर्ण खोप दिगोपना सुनिश्चिता घोषणा सम्पूर्ण महानगरवासीको लागि हर्ष र खुसीको विषय भएको उल्लेख गरे।

    चितवनभन्दा बाहिरा बालबालिकाहरु छोटो समयका लागि भरतपुर बसोबास गर्न आउने जाने भएका कारण बालबालिका एकिन गर्न कठिनाई भएको महानगरका जनस्वास्थ्य अधिकृत केशव भट्टले जानकारी दिनुभयो । विषेश गरी भारत र तराई भेगका बालबालिकामा त्यस्तो समस्या पाइएको छ । आर्थिक वर्ष २०८०र०८१ माघ र फागनु महिनामा ३१ हजार ८ सय ११ घरधुरी स्वास्थ्यकर्मी स्वमसेविका पुगी १२ हजार ७ सय ६३ जना बालबालिकालाई पूणर् खोप सर्वेक्षण गर्दा १ वटा पनि खोप नलगाएको ६ जना भेटिएको थियो।

    अभियानमा आंशिक खोप लगाइएको २२९ जना गरी कुल २३५ जना खोप लगाइएको थियो । जिल्ला खोप समवन्य समितिबाट २०८१ असार २६ गते पूणर् खोप दिगोपना सुनिश्चिता प्रमाणिकरण गरिएको थियो। यो हरेक वर्ष पूणर् खोपलाई निरन्तरता दिन यो कार्य गर्ने गरिन्छ । भरतपुर महानगरपालिकामा ७६ वटा खोप केन्द्रहरुबाट हरेक महिनाको ९ गतेदेखि १३ गतेसम्म खोप सञ्चालन हुँदै आएको छ ।

    जसमध्ये ४४ वटा खोप केन्द्रहरु समुदायकस्तरमा सञ्चालन हुँदै आएको छ। भरतपुर महानगरपालिकामा अन्र्तगत १ वटा प्रथामिक स्वास्थ्य केन्द्र, १३ स्वास्थ्य चौकी, १४ वटा आधारभूत स्वास्थ्य केन्द्र, ३ वटा नगर स्वास्थ्य केन्द्र, १ वटा स्वास्थ्य किल्निक, १ वटा मातृ शिशु किल्निक, ६ वटा आर्युवेद औषधालय र १ वटा सामुदायिक स्वास्थ्य इकाई रहेका छन्।

    खोप वितरणका लागि ४ वटा कोल्ड चेन सहितको खोप वितरण केन्द्र रहेको छ । त्यसमध्ये एक वटा स्वास्थ्य शाखा, शारदानगर स्वास्थ्य चौकी, शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र मेघौली स्वास्थ्य चौकी रहेका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ