Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

प्रदेश यसरी चलाउने हो ? प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचित‚ राष्ट्रियसभा पूर्ण समानुपातिक हुँदैन : गगन थापा


ग्लोबल पाना
मंगलबार, साउन २९ २०८१
  • 446
    SHARES

  • images
    प्रदेश यसरी चलाउने हो ? प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचित‚ राष्ट्रियसभा पूर्ण समानुपातिक हुँदैन : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधन गरेर प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचित र राष्ट्रियसभा पूणर् समानूपातिक बनाउने हल्ला सत्य नभएको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर उनले संविधान संशोधन गरेर अहिलेको व्यवस्थालाई अझ बलियो र धेरै समावेशी बनाइने उल्लेख गरे । संशोधन गरेर पछाडि फर्कने र ०४७ कै संविधानतिर लैजाने बहस गलत भएको भनाइ उनको थियो ।

    images
    images
    images

    “६३ को अहिलेको संविधानबाट पछि फर्कन सक्दैनौँ, चाहँदैनौँ । दलित‚ थारु, महिला कसैले निकाल्न सक्छ ? हटाउन सक्छ ? कसैले सक्दैन‚” उनले भने‚ “तर, थप्न मिल्छ कि मिल्दैन ? सरकार बनाउँदा दलित महिला छुटाउँछौँ, यतिसम्म गर्छौँ कि गठबन्धन गरेर राष्ट्रपति, उपराष्ट्रपति, गाउँपालिका प्रमख, उप्रमुख पुरुष बनाउँछौँ ।”

    उनले ‘जम्बो’ संसद्को आकार घटाइने र बढी समावेशी, समानुपातिक बनाइने भन्दै थपे‚“यसरी नै प्रदेश चलाउने हो ? यस्तै संघीयता राख्ने हो ?”

    उनले अगाडि भने, “निर्वाचन प्रणाली बदल्छौँ, राम्रो बनाउँछौँ । कसैकसैले भन्छन्- तलको हाउस प्रत्यक्ष निर्वाचित गर्ने, माथि समानुपातिक मिल्छ मिल्दैन, कसैले चाहेर हुँदैन । तलको हाउसलाई योभन्दा समावेशी बनाउँछौँ । एउटा दलले ४० प्रतिशत हाराहारी मत ल्याउँदा पाँच वर्ष सरकार चलाउने गरी मिलाउन सक्ने गरी बनाउँछौँ ।” आफू सरकार बनाउने प्रयासमा नलागे पनि वर्तमान गठबन्धन ठिक भएको उनले बताए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ