Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

नबिल स्कुल अफ सोसियल इन्टरपेनरसिप  फेलोसिप आवेदन खुला


ग्लोबल पाना
शुक्रबार, साउन ३२ २०८१
  • 396
    SHARES

  • images
    नबिल स्कुल अफ सोसियल इन्टरपेनरसिप  फेलोसिप आवेदन खुला

    काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसियल इन्टरपेनरसिप फेलोसिप कार्यक्रमको चौथो ब्याच २०२४ का लागि आवेदन आह्वान गरेको छ । नवीन सोच भएका १८ वर्षभन्दा माथिका नेपाली नागरिकले १४ भदौसम्म आवेदन दिन सक्नेछन् ।

    images
    images
    images

    बैंकले कृषि, पर्यटन, ऊर्जा, वातावरण संरक्षण र सूचना प्रविधिलगायतका क्षेत्रमा नवीन सोच भएका उद्यमीहरूका लागि निःशुल्क तालिम दिनेछ ।

    यो कार्यक्रम नबिल बैंक र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गतको स्कुल अफ म्यानेजमेन्टको सहकार्यमा ६ महिनासम्म चल्नेछ । आवासीय र प्रयोगात्मक ढाँचामा सञ्चालन हुने यस कार्यक्रममा सहभागीले सामाजिक उद्यमको सम्पूणर् व्यावसायिक चक्रमा आवश्यक तालिम प्राप्त गर्नेछन् । तालिमपछि उनीहरूले आफ्नो उद्यमको प्रकृतिअनुसार विज्ञहरूको सहयोग प्राप्त गर्नेछन् ।

    हालसम्म नबिल एसएसईअन्तर्गत ५६ जना सामाजिक उद्यमीले तालिम प्राप्त गरी ८० प्रतिशतले उद्यम स्थापना गरेका छन् भने ११ सय ८४ रोजगारीका अवसर सिर्जना भएका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ