Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

पहिचान भएका विषयहरुलाई निष्कर्षमा पुर्याउन ढिँलाई गर्नु हुँदैनः गृहमन्त्री लेखक


ग्लोबल पाना
बुधबार, भदौ ५ २०८१
  • 419
    SHARES

  • images
    पहिचान भएका विषयहरुलाई निष्कर्षमा पुर्याउन ढिँलाई गर्नु हुँदैनः गृहमन्त्री लेखक

    काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार निवारण ऐन २०५९लाई समितिबाट छिट्टै पारित गर्न आग्रह गरेका छन् । बुधबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐनमाथिको छलफलमा सांसदले राखेका जिज्ञासाहरुको जवाफ दिँदै गृहमन्त्री लेखकले ऐनलाई संशोधन गर्न पहिचान भएका विषयहरुलाई निष्कर्षमा पुर्याउनुपर्ने बताए । 

    images
    images
    images

    उनले भने , ‘भ्रष्टाचार नियन्त्रणसँग जुन ऐन छ यसको अत्यन्त ज्याँदा महत्व छ, यो  गम्भिर विषय पनि हो , संवेदनशिल विषय भएकाले भ्रष्टाचार निवारण ऐन २०५९ लाई समितिबाट र  सभाबाट चाँडो भन्दा चाँडो पारित गर्न सकियोस् भन्ने म आग्रह गर्न चाहन्छु । ’ पहिचान भएका विषयमा धेरै  छलफल भैइसकेको जनाउँदै निष्कर्षमा पुर्याउन ढिँलाई गर्न नहुने बताए ।

    ‘यो प्रस्ताविक विधेयकमा सदन र सभामा विस्तृत रुपमा माननीय सदस्यहरुको समेत संशोधन समेत आएर समितिमा पुगेको छ । छलफलका विषयहरु पहिचान भइसकेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्र विस्तार गर्ने कि नगर्ने भन्ने एउटा विषय पहिचान भएको छ । उजुरिकर्ताको पहिचान हुुनुपर्ने कि नपर्ने?, हदम्यादको सवाल बडो गम्भिरताका साथ उठेको छ । स्वार्थ बाझिने भन्ने विषय के हो भन्नेबारेमा पनि उठेको छ । कुनै निणर्य गरेर अख्तियारको दुरुपयोग हुन्छ भने कामै नगरि बस्दाखेरि त्यसले राज्यलाई नोक्सान भयो भने निणर्य नगर्ने पदाधिकारीमाथि कारबाही गर्ने कि नगर्ने ?’

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ