Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

स्मार्ट एप्लाएन्सेस र ॐ हस्पिटलले स्वच्छ खानेपानीकालागी सहकार्य गर्ने


ग्लोबल पाना
बिहीबार , भदौ ६ २०८१
  • 347
    SHARES

  • images
    स्मार्ट एप्लाएन्सेस र ॐ हस्पिटलले स्वच्छ खानेपानीकालागी सहकार्य गर्ने

    काठमाडौं, ०५ भाद्र । स्मार्ट एप्लाएन्सेस प्रा.लि. र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले स्वच्छ खानेपानीकालागी सहकार्य गर्ने सहमति भएको छ । दुबैले हस्पिटलमा रहेको बिरामी प्रतिक्षास्थल तथा बिश्रामस्थलमा स्वच्छ खानेपानी सेवाकालागी सहकार्य गर्ने सहमति गरेका हुन ।

    images
    images
    images

    केएल दुगड ग्रुप अन्तर्गतको स्मार्ट एप्लाएन्सेस प्रा.लि.ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वच्छ पानी स्वस्थ जिन्दगानी भन्ने नारा सहित आगामी दिनहरुमा पनि अन्य अस्पताल तथा स्वास्थ्य केन्द्रहरुसँग सहकार्यगरी निःशुल्क लिभप्युअर आर.ओ. ड्रिङ्किब वाटर सिस्टम जडान गर्ने कम्पनीले जनाएको छ ।

    स्मार्ट एप्लाएन्सेसका डेपुटी सेल्स म्यानेजर कमल कडेल साथै मार्केटिंग एक्जुकुटिव विवेक राठी र अस्पतालका प्रमुख कार्यकारी अधिकृत यम वहादुर महतको कार्यकक्षमा नर्सिब डाइरेक्टर उमा श्रेष्ठ समेतको उपस्थितिमा एक औपचारिक समारोहकाबीच दुबै पक्षले सहमति पत्रमा हस्ताक्षर गरी सो सम्झौता गरेको समाचारमा जनाइएको छ ।

    स्मार्ट एप्लाएन्सेस प्रा.लि. ले थप ३ वटा पोर्टेवल रिवर्स अस्मोसिस मेसिन जडान गरि अस्पतालमा स्वच्छ पिउने पानीको उपलब्धतालाई थप सहज बनाउने ॐ हस्पिटलका प्रशासकीय व्यवस्थापक विपिन जङ्गमले सफल नेपाललाई बताउनुभयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ