Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

महिलामाथि दुव्र्यवहार हुनु भनेको समाजका लागि दुर्भाग्य : मन्त्री साह


ग्लोबल पाना
शुक्रबार, भदौ ७ २०८१
  • 257
    SHARES

  • images
    महिलामाथि दुव्र्यवहार हुनु भनेको समाजका लागि दुर्भाग्य : मन्त्री साह

    काठमाडौं । महिला,बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले अहिले पनि महिलामाथी दुव्र्यवहार हुने गरेकाले त्यो समाजका लागि दुर्भाग्य हुने बताएका छन् । शुक्रबार महिला समुत्थान परियोजनाको वार्षिक समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सुडीले हाम्रो समाजमा अहिले पनि महिलाहरुले लैङ्गिक भेदभाव र घरेलु हिंसाको शिकार हुनुपरेको बताएका हुन् ।

    images
    images
    images

    उनले भने, ‘नेपालको संविधानले हरेक नागरिकहरुलाई स्वतन्त्रताको हक दिएको छ । सम्मानपूर्वक बाँच्न पाउने हक दिएको छ । महिलाकोे हक दिएको छ । महिलाहरुको हक र अधिकारको रक्षा, सम्बद्र्धन र प्रवद्र्धन गर्न राष्ट्रिय प्रयासहरु भइरहेका छन् । हाम्रो समाजमा लैङ्गिक भेदभाव, घरेलु हिंसा, दुव्र्यवहारका घटना भैइरहेका छन् । यस्तो हुनु सभ्य समाजका लागि दुर्भाग्य हो ।’


    साथै उनले लैङ्गिक भेदभाव हटाउनसबै एकजुट हुन जरुरी रहेको बताए । उनले राष्ट्र विकासको नाममा सामाजिक मुद्दाहरुमा विविधता देखिएको जिकिर गरे ।

    यस्तै मन्त्री सुडीले कानूनमा भएका व्यवस्था अनुसार महिला बालबालिका,ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुको सरकारले सुनिश्चितता गर्नुपर्ने बताएका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ