Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

शिक्षा कस्तो बनाउने भन्ने बहस हुन जरुरी छ : मन्त्री भट्टराई


ग्लोबल पाना
शनिबार, भदौ ८ २०८१
  • 351
    SHARES

  • images
    शिक्षा कस्तो बनाउने भन्ने बहस हुन जरुरी छ : मन्त्री भट्टराई

    नवलपुर २०८१ भाद्र ८ । शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षा कस्तो बनाउने भन्ने बहस हुन जरुरी रहेको बताउनु भएको छ ।

    images
    images
    images

    नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकाले सुरु गरेको ‘हाम्रो खुसी’ पाठ्यक्रमको शनिबार शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले राजनीति कस्तो बनाउने भनेर बहस हुने गरेपनि शिक्षाका बारेमा कमै मात्रमा बहस हुने गरेको बताउनुभयो ।

    ‘हामीले लामो समयसम्म राजनीति कस्तो हुने भनेर सङ्घर्ष गर्यौं, राजनीति कस्तो बनाउने भन्ने आन्दोलन गर्यौं , बहस गर्यौं, तर शिक्षा कस्तो बनाउने भन्ने बहस कम गर्यौं, अब शिक्षा कस्तो बनाउने भन्ने बहस हुन जरुरी छ ’ मन्त्री भट्टराईले भन्नुभयो ‘शिक्षाले देशलाई कता लैजान्छ भन्ने बहस गर्न जरुरी छ ।’

    कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले समाजको नेतृत्व शिक्षाले गर्ने र संस्कृति र राजनीति कस्तो हुन्छ भन्ने व्याख्या पनि शिक्षाले गर्ने बताउनुभयो । ‘राजनीतिले नीतिगत नेतृत्व गर्ने हो, तर समाजको नेतृत्व शिक्षाले गर्ने हो, समाजको नेतृत्व संस्कृतिले गर्ने हो, त्यो संस्कृति, राजनीति कस्तो हुन्छ भन्ने कुराको व्याख्या पनि शिक्षाले गर्ने हो’ मन्त्री भट्टराईले भन्नुभयो ।

    मन्त्री भट्टराईले शिक्षाले देशलाई कता लैजान्छ भन्ने विषयको बहस मध्यविन्दु नगरपालिकाले सुरु गरेकोमा धन्यवाद दिनुभयो ।समाजमा विकास भएको नैराश्यता, समाजमा निर्माण भएको सामाजिक निराशालाई अन्त्य गर्न खुसी दिनुपर्छ, खुसी दिन सकियो भने मात्र समाजलाई परिवर्तनतर्फ उन्मुख गर्न सकिने मन्त्री भट्टराई बताउनुभयो ।

    यसका लागि ‘हाम्रो खुसी पाठ्यक्रम सुरु गरि सबैका लागि अनुकरणीय काम मध्यविन्दु नगरपालिकाले गरेको उहाँले बताउनुभयो । शिक्षाको क्षेत्रमा नेपालमै पहिलो पटक नयाँ अभ्यास गर्न थालिएको मध्यविन्दु नगरपालिका नगर प्रमुख भिमलाल अधिकारीले बताउनुभयो ।

    बालबालिकाको सिकाइसँग जोडेर असल नागरिक उत्पादन गर्ने हेतुले नगरपालिकामा हाम्रो खुसी पाठ्यक्रम सुरु गरेको नगर प्रमुख अधिकारीले बताउनुभयो । मध्यविन्दु नगरपालिकाले सुरु गरेको हाम्रो खुसी पाठ्यक्रम कक्षा एकदेखि आठ सम्मका बालबालिकालाई दैनिक रुपमा पढाइनेछ ।

    पालिका भित्रका सबै सामुदायिक तथा संस्थागत गरि ६६ वटा विद्यालयमा हाम्रो खुसी पाठ्यक्रम पढाई हुने छ । बालबालिकाको कल्याण, उनीहरुको मानसिक स्वास्थ्य र समाजको दीर्घकालीन अवस्थालाई ध्यानमा राखेर पाठ्यक्रम सुरु गरिएको नगर प्रमुख अधिकारीले बताउनुभयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ