Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

राज्यले विद्यार्थीहरूको भविष्य सुनिश्चित गर्नका लागि गुणस्तरीय शिक्षा, शिक्षाको उपयोग गर्न दीर्घकालीन कार्यक्रमहरू ल्याउनु पर्छ : पुर्व मेयर


ग्लोबल पाना
शनिबार, भदौ ८ २०८१
  • 390
    SHARES

  • images
    राज्यले विद्यार्थीहरूको भविष्य सुनिश्चित गर्नका लागि गुणस्तरीय शिक्षा, शिक्षाको उपयोग गर्न दीर्घकालीन कार्यक्रमहरू ल्याउनु पर्छ : पुर्व मेयर

    काठमाडौं । जया मल्टिपल क्याम्पस मनकामना माध्यमिक विद्यालय जोरपाटीले कक्षा १२ उत्तीर्ण गर्न सफल विद्यार्थीहरूलाई बधाई तथा सम्मान गर्दै आज बिदाइ गरेको छ ।

    images
    images
    images

    गोकर्णेश्वर नगरपालिकाका पूर्व मेयर तथा सांसद सन्तोष चालिसेको प्रमुख आतिथ्यमा क्याम्पसको प्राङ्गणमा आयोजना गरिएको बधाई तथा सम्मान कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरूले ९८ प्रतिशत अंक ल्याएर उत्तीर्ण हुन सफल भएका थिए जसमा ३.९ GPA ल्याउन सफल दिया राई र यही हाराहारीमा GPA ल्याउन सफल २० जना विद्यार्थीहरू रहेका थिए ।

    यी विद्यार्थीहरूलाई कार्यक्रमका प्रमुख अतिथि एवं गोकर्णेश्वर नगरपालिकाका पूर्व मेयर तथा सांसद सन्तोष चालिसेले मायाको चिनो प्रदान गर्दै सम्मान गर्नु भएको थियो । यसै क्रममा उहाँले नेपालमा जति नै गुणस्तरीय शिक्षा हासिल गरेता पनि उक्त शिक्षा तथा योग्यताको सही सदुपयोग र अवसरको अभावमा विद्यार्थीहरू बिदेसिन बाध्य भएको भन्दै नेपालको दक्ष जनशक्ति, क्षमता र योग्यता पनि बाहिरिएको बताउनु भयो ।

    साथै उहाँले सम्पूर्ण विद्यार्थीहरूलाई आफ्नै देशमा परिचालन गर्नका लागि मुलुकले नीति नियम बनाएर अनिवार्य रूपमा कार्यान्वयन गर्नु पर्ने समेत बताउनु भयो । राज्यले विद्यार्थीहरूको भविष्य सुनिश्चित गर्नका लागि गुणस्तरीय शिक्षा, शिक्षाको उपयोग गर्न दीर्घकालीन कार्यक्रमहरू ल्याउनु पर्ने र यसको लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने भन्दै सबै विद्यार्थीहरूलाई आगामी दिनको सफलताको शुभकामना व्यक्त गर्नु भयो ।

    त्यसै गरी जया मल्टिपल क्याम्पसका क्याम्पस प्रमुख भवानी प्रसाद पौडेलले कक्षा १२ उत्तीर्ण गर्ने सबै विद्यार्थीहरूलाई बधाई दिँदै विद्यार्थीको मेहनत, अभिभावकले निर्माण गरेको वातावरण, गुरु शिक्षक शिक्षिका तथा क्याम्पस प्रशासनको मेहनतले यस विद्यालयका ९८ प्रतिशत उत्तीर्ण हुन सफल भएको बताउनु भयो ।

    त्यसै गरी उहाँले यस विद्यालय तथा क्याम्पसमा ५५ भन्दा बढी जिल्लाका सहभागी भएको र आगामी दिनमा पनि यस क्याम्पस तथा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको उज्ज्वल भविष्यका सहयात्रा गर्न तयार रहेको बताउनु भयो ।

    उहाँले वि.स. २०६१ सालमा क्याम्पस स्थापना गरी कक्षा ११ र १२ कक्षा सञ्चालन गरेको भन्दै हजारौँ विद्यार्थीहरूलाई सबल, सक्षम, नैतिकवान तथा अध्ययनशील बनाउन सफल रहेको बताउनु भयो । यसै क्रममा उहाँले शैक्षिक तथा सरोकारवाला निकाय र राज्यले नेपालमा लिएको शिक्षालाई यहाँ नै सही उपयोग गर्ने वातावरण र अवसरको पहिचान गर्नु जरुरी रहेको कुरामा जोड दिनु भयो ।

    कक्षा १२ उत्तीर्ण गर्न सफल विद्यार्थीहरूको बधाई तथा सम्मान सहितको बिदाइ कार्यक्रममा हास्यव्यङ्ग्य सुबोध गौतमले समय सान्दर्भिकका विषय वस्तुहरूलाई समावेश गर्दै प्रस्तुति गर्नु भयो ।

    यसै क्रममा उहाँले आफ्नो कामलाई निरन्तर र मेहनत पूर्वक गरेमा सफलता मिल्ने, आफ्नो क्षमतालाई प्रस्फुटन गर्ने अवसरको खोजी गर्नु पर्ने भन्दै विद्यार्थीले यही देशमा शिक्षा अनुसारको रोजगार पाउन नसकेको कारण बिदेसिन बाध्य हुनु पर्ने समस्याको समाधान उपायाहरु अपनाउनु पर्ने बताउनु भयो ।

    यस कार्यक्रममा जया मल्टिपल क्याम्पस र मनकामना माध्यमिक विद्यालयका विद्यार्थीहरूले विभिन्न गीतहरूमा सामुहिक तथा एक नृत्य र गायन प्रस्तुत गरेका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ