Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

नीजि क्षेत्रकै उत्कृष्ठ अस्पताल ईशानको २९औं बार्षिकाेत्सव सम्पन्न


ग्लोबल पाना
सोमबार, भदौ १० २०८१
  • 545
    SHARES

  • images
    नीजि क्षेत्रकै उत्कृष्ठ अस्पताल ईशानको २९औं बार्षिकाेत्सव सम्पन्न

    काठमाडौं । नेपालकै पहिलो गैरसरकारी बाल अस्पतालको रुपमा परिचित ईशान बाल तथा महिला अस्पतालको आफनो २९ औं बार्षिकोत्सव सम्पन्न भएको छ । बालबालिकाको क्षेत्रमा नीजि क्षेत्रकै उत्कृष्ठ अस्पतालको रुपमा परिचित इशानले आइतबार पत्रकार सम्मेलन गर्दै २९ औ बार्षिकोत्सवको अवसरमा विरामीहरु, विरामीका आफन्तजन र जनमानसले अस्पतालका सेवाहरु विश्वास गरी काम गर्ने मौका दिएकोमा इशान बाल तथा महिला अस्पतालका निर्देशक प्रा.डा. रामनन्दन प्रसाद चौधरीले धन्यबाद ज्ञापन दिनु भयो ।

    images
    images
    images

    विस २०५२ सालमा कृष्णाष्टमीका दिन १५ शैयाबाट सुरु भएको यस अस्पतालले अहिले आफनो सेवा र क्षेत्र विस्तार गर्दै एक सय शैयाको सुविधा सम्पन्न अस्पताल बनाउन सफल भएको हो । बाल अस्पतालको सफलता पछि यसलाई महिला सेवा थपि २५ शैयाको अस्पतालमा स्तरोन्नती गर्दै इशान बाल नर्सिङ्ग तथा प्रसुती गृहको रुपमा गुणस्तरिय तथा सर्वसुलभ सेवाको सुरुवात भएको निर्देशक प्रा.डा.चौधरीले बताउनु भयो। उहाँले अस्पतालमा आकस्मिक विभागमा २४ घन्टा नै पेडियाटिक विशेषज्ञ रजिष्टारहरुबाट नवजात तथा बाल रोग, नवजात तथा बाल सर्जरी, महिला तथा प्रशुती हाडजोर्नी सम्बन्धमा सेवाहरु उपलब्ध रहेको जानकारी दिनु भयो ।

    बालबालिकाको क्षेत्रमा नीजि क्षेत्रकै उत्कृष्ठ अस्पतालको रुपमा परिचित इशानले आइतबार पत्रकार सम्मेलनमा उहाँले अस्पताल आफनै नयाँ सुविधा सम्पन्न अस्पतालमा सरेर समय सापेक्ष सुविधाहरु तथा क्षमता वृद्धि गर्दै नवजात तथा बाल सघन उपचार कक्ष सेवाहरु, एम्बुलेन्स, प्याथोलोजी, अल्टासाउण्ड, एक्स रे, फार्मेसी तथा क्ययान्टेन सेवाहरु विस्तार गर्दै लगेको बताउनु भयो । पत्रकार सम्मेलनमा बोल्दै डा. चौधरीले अस्पतालमा पटक पटक नवजात तथा बाल शल्यरोग तथा बाल युरोलोजी सम्बन्धी जडिल भन्दा जटिल शल्यक्रियाहरु भइरहेको जानकारी दिनु भयो । अस्पतालको त्यस्तै सह्रायिनक कार्यले गर्दा भारत तथा बंगलाशदेशबाट समेत आएका बच्चाहरुको सफल शल्यक्रिया भएको उहाँले बताउनु भयो ।

    निर्देशक प्रा.डा. चौधरीले अस्पतालले विभिन्न बैंक, इन्स्योरेन्स सहित टोखा तथा बुढानिलिकण्ठ नगरपालिका परिशरका धेरैजसो विद्यालयसँग छुट सेवा उपलब्ध गराउन सम्झौता भएको बताए । सामाजिक उत्तरदायित्व बहन गर्ने हिसावले कतिपय अवस्थामा निशुल्क शेवा पनि दिइदैँ आएको उहाँले सुनाउनु भयो । हाल अस्पतालमा ८७ जना विभिन्न बिषयका बरिष्ठ विशेषज्ञ सहित बाल रोग तथा बाल शल्यक्रिया, महिला तथा विभिन्न विषयका सुपर स्पेशिलिष्ट र मलटीस्पेस्लिट विशेषज्ञ सेवाहरु दिइरहेको बताउनु भयो । उहाँले ईशान अस्पताल अहिले बिरामी र वातावरणमैत्री भएको समेत बताउनु भयो ।

    उहाँले यस अस्पतालले विगत २९ वर्षदेखि वर्तमान सम्म यस संस्थाप्रति विश्वास राखी सेवा गर्ने मौका दिइरहेको विभिन्न विषयका विशेषज्ञ सेवाहरु, यस संस्थाले गरिरहेको प्रगति, भविष्यका महत्वकांक्षा योजनाहरुको बारेमा प्रकाश सार्दै अस्पतालको २९ औं वार्षिकोत्सबको आउनु हुने सम्पूणर्लाई धन्यवाद दिदै आगामी दिनमा पनि साथ, सहयोगको अपेक्षा राख्नु भयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ